© २०२३
काठमान्डौ, २२ मंसिर ।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरुमध्ये अहिलेसम्म ५३६ जनाले परिचयपत्र लिएका छन् ।
घाइतेको वर्गीकरण अनुसार सरकारले उनीहरूलाई परिचयपत्र प्रदान गर्ने व्यवस्था गरेको थियो । सोही प्रक्रिया अनुरूप हालसम्म ५३६ जनाले परिचयपत्र प्राप्त गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।
घाइते सूचीमा नाम रहेका अरु व्यक्तिहरु अहिलेसम्म परिचयपत्र लिएका छैनन् । मन्त्रालयले ती व्यक्तिहरुलाई समेत परिचयपत्र लिन आग्रह गरेको छ ।
त्यस्तै, कसैको परिचयपत्र बनाउनु छुटेको भए सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई आवश्यक विवरण पेश गर्न मन्त्रालयले निर्देशन दिएको छ ।