Butwal Today

प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क

२१ मंसिर २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, २१ मंसिर ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छनोट गर्न उम्मेदवारी आह्वान गरेको छ ।

पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्षतर्फ) का लागि आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन योग्य पार्टी सदस्यहरूले आवेदन दिन सक्नेछन् । इच्छुक उम्मेदवारका लागि आवेदन शुल्क २५ हजार रुपैयाँ तोकिएको छ । उम्मेदवारी आवेदन मङ्सिर २१ गतेदेखि खुला गरिएको छ र आवेदन रास्वपाको आधिकारिक मोबाइल एपमार्फत पेश गर्न सकिने व्यवस्था गरिएको छ ।

पार्टीले आइतबार जारी गरेको विज्ञप्ति अनुसार, आर्थिक अभावका कारण आवेदन शुल्क तिर्न नसक्ने उम्मेदवारहरूले आफ्नो आवेदनसाथ आवश्यक कागजातहरू अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालयमा वा इमेलमार्फत उम्मेदवार छनोट समितिमा पेश गर्न सक्नेछन् ।