© २०२३
पाल्पा ।
राम बहादुर कुमालको नाम सुन्ना साथ उनी बनाउने तरकारीको बिरुवा सम्झिन्छन्। तर कुमालले कहिल्यै कल्पना गरेका थिएनन् कि आफ्नो नामसँगै बिरुवाको नाम पनि जोडिनेछ। तानसेन नगरपालिकाको तेल्घाका बस्ने कुमाल दिनभर आफ्नो खेतिमा तरकारी उब्जाएर जीवनयापन गर्ने किसान हुन्।
कुमालले २०७० सालमा आवश्यक तरकारीको बिउ र मल ल्याउन गएका बेला पसलधनी केशव भट्टराईको सल्लाहअनुसार बिरुवा उत्पादन गर्न सुरु गरे। यही प्रयासबाट उनको नर्शरी व्यवसाय जन्मियो। प्रारम्भमा दैनिक दुई सय बिरुवा उत्पादन गरेर प्रति बिरुवा दुई रुपैयाँ दरमा बिक्री गर्दा हप्तामा १५०० रुपैयाँ आम्दानी हुन्थ्यो। अहिले उनले मौसमी र बेमौसमी तरकारीका बिरुवा उत्पादन गर्दै वार्षिक तीन लाख रुपैयाँ बराबरको आम्दानी गर्ने गरेका छन्।
कुमालले मौसमी काउली, बन्दा, साग, प्याज मात्र नभई सयपत्री फूल र कागतीका बिरुवा पनि निरन्तर उत्पादन गर्दै आएका छन्। जिल्ला कृषि विकास कार्यालयबाट प्राप्त तालिमले उनलाई तरकारी खेति र बिरुवा उत्पादन सजिलो बनाएको छ। कुमालले आफ्नै बारीमा वर्षभर चार जनालाई दैनिक पाँच सय रुपैयाँ ज्याला दिने गरी रोजगारी प्रदान गर्दै आएका छन्।
उनले आफ्ना छिमेकी जिल्लाहरू अर्घाखाची, गुल्मी, स्याङजा लगायतका किसानलाई पनि बिरुवा उपलब्ध गराउँदै कृषक समुदायमा योगदान पुर्याएका छन्। कुमालका अनुसार, “खेति बाट राम्रो आम्दानी लिन सकिन्छ, बजार खोज्न जानै पर्दैन, आजकल फोनको माध्यमबाट घरमै बिक्री हुन्छ।”
कुमालको आफ्नै तीन रोपनी जमिन छ, तर पर्याप्त नर्शरी र खेति जमिन नभएकाले वर्षमा २० हजार रुपैयाँ तिर्ने गरी अतिरिक्त जमिन भाडा लिएर उत्पादन गर्दै आएका छन्। उनले आफ्ना भाइ–छोराहरूलाई पनि कृषि र यसको महत्व बुझाउन नसकेको अनुभव साझा गरे।
कुमालका दुई छोराहरू मध्ये जेठो छोरो भारतमा काम खोज्न गएको छ भने कान्छो छोरो लुम्बिनी मेडिकल कलेजमा कार्यरत छन्, छोरी नेपाल प्रहरीमा कार्यरत छिन्।
उहाँले बताए अनुसार बिरुवा उत्पादन सजिलो देखिए पनि वास्तविकतामा संवेदनशील र चुनौतीपूर्ण छ। बिउ राम्रो नभए बिरुवा उत्पादन हुँदैन, कीरा–फटाङ्राबाट जोगाउनुपर्छ र घाम–पानी आवश्यक मात्रामा हुनुपर्छ। पहिले दैनिक दुई सय बिरुवा बिक्री गरिन्थ्यो भने हाल उन्नत र हाइब्रिड जातको बिरुवा उत्पादन गरी दैनिक पाँच सय बिरुवा बिक्री भइरहेको छ।
कुमाल भन्छन्, “कृषिलाई सरकारले पर्याप्त महत्व दिएका छैनन्। व्यवसायीक रुपमा तरकारी खेति र नर्शरी गर्न प्राविधिक सुझाव बिना प्रतिबन्धित रसायन प्रयोगले मन दुखाएको छ। तर सही ज्ञान र मेहनतले आम्दानी र कृषक समुदायमा योगदान गर्न सकिन्छ।”
राम बहादुर कुमालको कथा नेपाली किसानको परिश्रम, सृजनशीलता र दिगोपना दिगो व्यवसायमा रूपान्तरणको उदाहरण बनेको छ।