ट्रेंडिंग:

>> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति

नेपाली आकाश सुरक्षित हुने कहिले ? 

२१ मंसिर २०८२, आइतबार
२१ मंसिर २०८२, आइतबार

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस ।

यो दिवस मनाई रहँदा गत साता मात्रै पोखरामा बुद्ध एयरको जहाजमा चरा ठोक्किएर धन्नै दुर्घटनामा परेको थियो । यसले के स्पष्ट हुन्छ भने नेपाली आकाश अझै सुरक्षित हुन सकेको छैन । दुई वर्षअघि पोखरामै यति एयरको जहाज दुर्घटना हुँदा ७२ यात्रुको मृत्यु भएको थियो ।

नागरिक उड्डयन दिवस मनाई रहँदा नेपालमा हुने भयानक हवाईजहाज दुर्घटनाका कहालीलाग्दो नियति हामी नेपालीले भोग्न बाध्य भइरहेका छौँ । यद्यपि पोखराको यति एयर दुर्घटनापछि त्यति ठुलो दुर्घटनाको नियति भोग्नु परेको छैन ।

तर, नेपालका जहाज सुरक्षित नरहेको प्रमाण जहाज उडेपछि गन्तव्य नपुग्दै विभिन्न कारणले आकस्मिक अवतरण गर्नुपरेका पछिल्ला उदाहरण काफी छन् । यति, श्री र बुद्ध तथा गुण एयरका उडानहरू सुरक्षित नरहेको कुरा उडान हुँदै गर्दाका उदाहरणले स्पष्ट गरेकै छन् ।

केही दिनअघि मात्रै नेपालगन्जबाट उडेको श्री एयरको जहाज मेसिनमा भएको खराबीले भरतपुर विमानस्थलमा आकस्मिक अवतरण भयो । श्रीएयरमात्रै होइन, बुद्ध, यति र गुण एयरलाईन्सको अवस्था पनि त्यही हो । यी उदाहरणले के स्पष्ट गर्छन् भने नेपाली आकाशलाई सुरक्षित गराउने काममा ढिलाइ भइरहेको छ ।

पोखरामा यति जहाज दुर्घटनाको १८ महिना अघि पनि पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको जहाज दुर्घटनामा परेको थियो । त्यै गरी नेपालको आन्तरिकतर्फका धेरै जहाज दुर्घटनामा परेको उदाहरण र इतिहास नेपालको उड्डयन क्षेत्रमा छन् । जहाज दुर्घटनामा नेपालले ठुलो मानवीय क्षति बेहोर्दै आएको छ ।

अधिकांश दुर्घटनाको कारणमा पुराना जहाज मुख्य कारण देखिएको छ भने जहाज मर्मत समयमै नगर्नु र परीक्षण समेत नहुनु सहायक कारण देखिएका छन् । तसर्थ अव नेपाल सरकारले नेपालको उड्डयन क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन नेपालमा पुराना र जीर्ण भएका जहाजको विस्थापन अर्थात् विकल्प खोज्नुपर्ने भएको छ ।

अर्कोतर्फ युरोपियन युनियनले नेपालको आकाशलाई अझैपनि कालोसूचिबाट नहटाउनुको मुख्य कारण यो पनि हो । नेपालको आकाश अझै सुरक्षित नरहेको कुराले आम नेपालीजनलाई चिन्तित वनाउनु स्वाभाविक छ । यद्यपि नेपालको आकाश जोखिमले भरिएको कुरामा शंका गरिरहनु पर्दैन ।

उदाहरणकै रूपमा लुक्ला विमानस्थल विश्वकै सर्वाधिक जोखिम भएको विमानस्थल हो । तर यो भन्दैमा नेपालको उड्डयन क्षेत्रलाई कालोसूचीमै राखिरहनु कत्तिको न्यायसंगत हो ? युरोपियन युनियनले यो बिषयमा अव पुनर्विचार गर्नुपर्ने आवश्यकता छ । ईयूले नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राख्दै आएको छ ।

नेपाल पर्यटन क्षेत्रको हिसावले महत्वपूर्ण अन्तर्राष्ट्रिय गन्तव्य सम्पदा हो । नेपाल भ्रमण गर्ने चाहना विश्वका जुनकुनै देशका नागरिकलाई पनि हुन्छ । विश्वकै अग्लो सगरमाथा र गौतमबुद्धको देश नेपालप्रति विश्व समुदायको सकारात्मक धारणा छ ।

तर, यही धारणा बनाएर नेपाले पर्यटक नेपालको आकाश सुरक्षित छैन भन्दा धरमर हुन सक्छन । तसर्थ अवको दिनमा सरकारले नेपालको उड्डयन क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन नेपालमा पुराना र जीर्ण भएका जहाजको विस्थापन अर्थात् विकल्प खोज्नुपर्नेतर्फ ध्यान दिनु जरुरी छ ।

विदेशमा चलाएर थोत्रा भएका जहाज लिलामीमा नेपालमा आउने र ती नेपाली बायुसेवा कम्पनीले चलाउने गरेको उदाहरण अहिलेका जहाज हुन भन्दा अन्यथा हुँदैन । बाहिर असफल भैसकेका जहाजलाई नेपालमा उडानको अनुमति दिनु नै गलत हो ।

यतिमात्र होइन त्यस्ता धेरै जहाज छन्, जो बाहिर असफल भएपछि नेपाली आकासमा उडाउने गरिएको छ । तसर्थ नेपालमा अव थोत्रा र पुराना जहाज चलाउनै प्रतिवन्ध गर्नुपर्दछ । नेपाल सरकारले कति बर्ष पुराना जहाज चलाउन रोक लगाउने हो, त्यसमा अव एउटा ठोस निर्णय गर्नैपर्दछ ।

जहाजको आन्तरिक परिक्षणमा पनि ध्यान दिनेतर्फ सोच्नु जरुरी छ । सरकारले दुई वर्षअघि आन्तरिक उडान अनिवार्य जाँच गरेरमात्र उडाउन दिने निर्णय त गरेको थियो तर त्यो निर्णय अहिले कार्यान्वयनमा छैन । नेपालमा घटना भएपछि मात्रै छानबीन गर्ने र प्रतिकृया जनाउने वा लिने परम्परा छ ।

त्यसमा अव सुधार जरुरी छ । सरकारले अहिलेदेखि नै यो क्षेत्रमा गंभीर ढंगले कदम चालोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?