© २०२३
काठमान्डौ, २१ मंसिर ।
नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा २ लाख ५२ हजार ४०० रुपैयाँ रहेको सुनको मूल्य साताको पहिलो कारोबार दिनमा २०० रुपैयाँले घटेको हो ।
यस्तै, १० ग्राम सुनको मूल्य २ लाख १६ हजार २२ रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा ३ हजार ५५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ३ हजार ६०५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।