Butwal Today

पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता

२१ मंसिर २०८२, आइतबार
अ+
अ-

 काठमाडौं, २१ मंसिर ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

पूर्वराष्ट्रपति भण्डारी आइतबार सिंहदरबारमा जेनजी आन्दोलनमा आगजनी भएका संरचनाको अवलोकनका लागि गएकी थिइन् र सो क्रममा प्रधानमन्त्री कार्कीसँग पनि भेटवार्ता गरेकी छन् ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले सिंहदरबार, विभिन्न मन्त्रालयहरू, सवारीसाधन र अन्य संरचनामा आगजनी गरेका थिए ।

आगजनीले खण्डहर बनेको सिंहदरबार परिसरका विभिन्न संरचनाको पुनर्निर्माणको काम अहिले पनि जारी छ ।

त्यसै क्रममा, जेनजी आन्दोलनमा पूर्वराष्ट्रपति भण्डारीको निजी निवासमा पनि आगजनी भएको थियो ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच यस पटक पहिलोपटक भेटवार्ता भएको हो ।