Butwal Today

मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए

२१ मंसिर २०८२, आइतबार
अ+
अ-

काठमाडौं, २१ मंसिर ।

मलेखु–मुग्लिङ सडकखण्ड अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका तिङ्ग्राङखानी क्षेत्रमा दुईवटा बस एक आपसमा ठोक्किएका छन् ।

दुर्घटनामा परेका घाइते यात्रुहरूको उद्धार गरेर अस्पतालमा पुर्‍याइएको छ । धेरैजसो घाइतेको अवस्था सामान्य रहेको जोगिमारा प्रहरीले जानकारी दिएको छ ।

विपरीत दिशामा गइरहेका बसहरू आज दिउँसो करिब सवा १२ बजे ठोक्किएका हुन् । ठोक्किएपछि केही यात्रु सवारीसाधनभित्रै फसेका थिए । फसेका यात्रुहरूलाई झ्यालका सिसा फुटाएर उद्धार गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको विस्तृत विवरण भने अझै आउन बाँकी छ ।