Butwal Today

दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प

२१ मंसिर २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, २१ मंसिर ।

दार्चुलामा आइतबार बिहान भूकम्प आएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ः२८ बजे केन्द्रबिन्दु दार्चुलाको घुसा आसपास रहेको भूकम्प दर्ज गरिएको हो ।

भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन गरिएको केन्द्रले जनाएको छ। हालसम्म यस भूकम्पबाट कुनै क्षति भएको विवरण सार्वजनिक गरिएको छैन ।

पछिल्ला केही दिनयता पश्चिम नेपालका विभिन्न स्थानमा लगातार भूकम्पीय धक्का महसुस भइरहेका छन् ।