ट्रेंडिंग:

>> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु

शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर

नवलपरासीको प्रतापपुर–८ गङ्गापुर स्थित इन्द्रा सुगर एण्ड एग्रो इन्डष्ट्रिज प्रालिले किसानको भुक्तानीसँगै कर्मचारीले समेत तलब नपाएको बताउँछन् । उसले ७ करोड भन्दा बढी उखु किसानको भुक्तानी नदिएको किसानको गुनासो छ ।
२० मंसिर २०८२, शनिबार
२० मंसिर २०८२, शनिबार

नवलपरासी,२० मंसिर ।

जिल्लाका उखु कृषकलाई अहिले समस्या माथि समस्या थपिएको छ । उखु किसानले विगतको भुक्तानी पाइसकेका छैनन् ।

अहिले कतिपय चिनी उद्योगहरू उद्योग नै सञ्चालन गरेका छैनन् भने विगतको भुक्तानी नदिनका लागि सम्पर्क विहीन भइरहेका छन् । अर्कोतिर सिजन सुरु भई सक्दा पनि सरकारले उखुको समर्थन मूल्य निर्धारण नगर्दा सस्तोमा क्रसरले उखु खरिद गर्न बाध्य पारिरहेका छन् ।

विगतमा उधारोमा उखु किसानसँग उखु खरिद गरी भुक्तानी नदिएर अहिले प्रतापपुर–८ गङ्गापुर स्थित इन्द्रा सुगर एण्ड एग्रो इन्डष्ट्रिज प्रालिका सञ्चालक राकेश अग्रवाल सम्पर्क विहीन हुँदा किसानको भुक्तानी सँगै कर्मचारीको तलब बक्यौता रहेको छ ।

७ करोड भन्दा बढी उखु किसानको भुक्तानी नै बाँकी रहेको उखु उत्पादक किसान महासङ्घका प्रवक्ता समेत रहेका प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताए । कर्मचारीको तलब र कृषकको उधारो बाँकी छ, नै, उनले भने–केही लगानीकर्ताको लगानी समेत डुब्ने अवस्था देखिएको छ ।

उद्योगको सम्पत्ति भन्दा बढी बैकका ऋणहरू समेत रहेका छन् । तर पनि सञ्चालक अग्रवालको खोजी गरी सम्पर्कमा ल्याउने र उद्योग सञ्चालनका लागि आफू लागि परेको बताएका थिए । बैङ्कका कर्मचारी समेत उक्त उद्योगलाई निगरानीमा राख्ने गरेका छन् ।

किसान र कर्मचारी समेत उद्योग सञ्चालक कतिखेर आउँछन भनेर प्रतीक्षारत छन् । उद्योग सञ्चालक नै सम्पर्क विहीन हुँदा यो वर्ष उद्योग समेत चल्ने अवस्था नदेखिएकोले किसानलाई थप चिन्ताले सताएको छ । तीन वटा चिनी उद्योग सञ्चालन हुँदा बेलामै किसानको उधारो भए पनि उखु क्रसिड्ड हुन्थ्यो, तर यो उद्योग नचल्ने देखिँदा किसानलाई भुक्तानी भन्दा उखु बिक्रीको थप चिन्ता भएको स्थानीय उखु कृषक निवास यादवले बताए ।

कम्तीमा उद्योग सञ्चालक सम्पर्कमा आए नयाँ ब्यवस्थापनले उद्योग सञ्चालनको चाजो पाजो मिलाउथ्यो, उनले भने, तर अब त्यसको जिम्मेवारी कसले लिइने ?
जिल्लामा इन्द्रा, लुम्बिनी र बागमती गरी तीन वटा चिनी उद्योग रहेको थियो, अहिले इन्द्रा सुगर मिल्स नचल्ने लक्षण देखिएकोले लुम्बिनी र बागमती मात्र चल्न सक्ने अवस्था छ ।

लुम्बिनी चिनी उद्योगले समेत बैङ्कलाई देखाउने उद्देश्यले नाम मात्रका लागि क्रसिड्ड गर्ने गर्छ । बाँकी भार बागमती चिनी उद्योग माथि नै पर्ने हुँदा उद्योगको एकाधिकार अवस्था हुन सक्ने खतरा पनि बढ्दै गएको देखिन्छ । उद्योगपतिले जनता, सरकार र बैङ्कलाई समेत ठग्दै गर्ने गरेको अवस्था प्रस्ट देखिन्छ, यादवले भने, किसानलाई ठगेर भाग्ने, बैङ्कलाई डुबाएर भाग्ने र सरकारलाई पनि झुक्क्याउने देखिएको छ ।

सरकारमा बस्ने दलालहरूका कारण यस्ता समस्याहरू आउने गरेको उनको भनाई थियो ।  यता सरकारले बेलामै समर्थन मूल्य तोकिदिएको भए उधारो भए पनि तोकिएको मूल्य पाउने अवस्था हुन्थ्यो, तर अन्यौलताको बेला बिक्री गर्दा उधारोमा बिक्री त्यसमा पनि कुन मूल्यले भुक्तानी लिइने ? समेत अन्यौलता कायम नै रहेको अवस्था देखिएको प्रतापपुरका स्थानीय किसान युवराज मौर्यले बताए ।

सरकारले उखु किसानलाई कहिल्यै प्राथमिकतामा राखेर सहजीकरण गरेन,उनले आरोप लगाउँदै भने, चाहे दलीय सरकारको होस वा नागरिक सरकार होस उखु किसान उनीहरूको प्राथमिकता मै परेनन् ।

उद्योगपतिकै हालीमुहाली चल्ने गरेको छ, उनले थपे, उखु उत्पादक किसान सङ्घ पनि औपचारिकतामा मात्र काम गर्दै आएको छ । नेपालका कुनै पनि सरकार आन्दोलन बाहेक हार गुहारको कुरा सुन्दैन,आन्दोलन नै गर्नु पर्ने अवस्था सृजना गर्ने सरकारले नै गर्दै आएको उनका भनाइ थियो ।

हरेक वर्षजस्तो यस वर्ष पनि उखु किसानले आफू उत्पादन गरेको उखुको मूल्य कै चिन्ता छ । सरकारले समर्थन मूल्य नतोक्दा उद्योगीले तोकेकै मूल्यमा उखु बेच्नु पर्ने समस्याले उनीहरू चिन्तित बनेको बताएका थिए । सरकारले अहिलेसम्म चालु आर्थिक वर्षमा काटिने उखुको समर्थन मूल्य अझै तोकेको छैन ।

समर्थन मूल्य नतोकेसम्म उखु उपलब्ध नगराउने हुने खाने किसानहरू त अडानमा छन् । तर उखु नै दैनिकी टार्ने किसानको बाध्यता अहिले जति मूल्य पाए पनि क्रसरलाई उखु बिक्री गर्दै आएका छन् । क्रसरले प्रति क्विन्टल ३ रुपियाँसम्म मूल्य झारेर खरिद गर्ने गरेको किसानहरूले बताए । सरकार र उद्योगीको साठगाँठमा समर्थन मूल्य तोक्न ढिलाइ हुने गरेको किसानको आरोप छ ।

गत वर्ष पनि सरकारले अनुदान बाहेक ढिलो गरी प्रति क्विन्टल ५ सय ८५ रुपैयाँ समर्थन मूल्य तोकेको थियो । तर आर्थिक वर्ष २०८१/०८२ का लागि तोकिएको प्रति क्विन्टल ७० रुपैयाँलाई घटाएर सरकारले ३५ रुपैयाँ दिने निर्णय गरेको थियो ।

सरकारले जिल्लाका किसानको अनुदान रकम भुक्तानीका लागि कुल ८ करोड ३६ लाख ५७ हजार निकासा पठाएको थियो । ती मध्ये हालसम्म ७ करोड ८२ लाख १९ हजार भुक्तानी भइसकेको छ । ६ सय ४० किसानको ५४ लाख ३८ हजार रकम भुक्तानी दिन बाँकी छ ।

उद्योग सञ्चालकहरूले भने किसानहरूसँग विवरण माग्दा नदिएकाले पठाउन नसकिएको बताएका छन् । किसानसँग उखु लगाएको क्षेत्रको प्रमाण सहित अन्य कागज मागेका थिए । विवरण पठाउन बाँकी रहेका उद्योग मध्ये लुम्बिनी चिनी उद्योगबाट १ सय ८१ किसानको आउन बाँकी छन् ।

उक्त किसानको विवरण आएमा ४ लाख २२ हजार हुन्छ । बागमती चिनी उद्योगको २ सय ४१ किसानको विवरण नआउँदा ७ लाख ७२ हजार निकासा दिन सकिएको छैन । इन्दिरा चिनी उद्योगले नै २ सय १८ जनाको विवरण नपठाउँदा ४२ लाख ३३ हजार रुपैयाँ निकासा पठाउन नसकिएको कोलेनिकाले जनाएको थियो ।

उखु किसानको समस्या आन्तरिक त छदैछ, उखु किसानकै आडमा भारतबाट उखु ल्याएर पनि बिक्री वितरण गर्ने सिमावर्ति क्षेत्रका केही तौल केन्द्र (काँटा) हरूले समेत उद्योगलाई उखु विक्रि गरेका कारण अनुदान रकम दाबी गर्न समस्या भई रहेको स्थानीय किसानले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?