ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ? 

२० मंसिर २०८२, शनिबार
२० मंसिर २०८२, शनिबार

कपिलवस्तु, २० मङ्सिर । 

जिल्लाको यशोधरा गाउँपालिका वडा नं. ५ रमनगराका कृषक राकेश यादवले पहिलो पटक करेसाबारीमा स्पोडी सिँचाइ प्रविधिको प्रयोग सुरु गरेका छन् । ५ कट्ठा जग्गाको क्षेत्रफलमा तरकारी खेती गर्दै आएको सो परिवारले करेसाबारीमा थोपा सिँचाइका लागी सो प्रविधि प्रयोगमा ल्याएको हुन ।

स्माल पावर वाटर डेलिभर्ड अर्थात् स्पोडी सिँचाइ प्रविधि भन्नाले सौर्य ऊर्जामा चल्ने अत्यन्तै कम पावरको स्मार्ट सिँचाइ प्रणालीको रूपमा रहेको छ । जिल्लामै पहिलो पटक सो प्रविधि मार्फत थोपा सिँचाइ गरी तरकारी खेती गर्न थालिएको हो ।

यो प्रविधिमा सोलार प्यानलले ऊर्जा तयार पार्छ, स्पोडी पम्मले पोखरीको पानी तान्छ र त्यही पानी थोपा सिँचाई पाइप मार्फत बोट बिरुवा सम्म पुग्ने गर्दछ । साना कृषकको लागी सिँचाइका लागि उपयुक्त मानिएको सो प्रविधिमा ७० प्रतिशत सम्म पानी जोगाउन मद्दत पुग्दछ । त्यति मात्रै नभई माटोको मलिलोपना कायम राखेर उत्पादनमा ५० प्रतिशत सम्म वृद्धि गर्न सो प्रविधिले सहयोग गर्ने कृषि प्राविधिकहरू बताउँछन् ।

जिल्लाको एक संस्थाले सञ्चालन गरेको पोषण मार्फत जीवन रूपान्तरण परियोजनाको सहयोगमा सो प्रविधि प्रयोग गरिएको हो । परियोजनाले सुनौलो हजार दिनकी आमा रहेकी पूजा यादव लाभग्राही रहने गरी सो प्रविधिमा सहयोग गरेको हो ।

४ वर्ष यता तरकारी खेती गर्दै आएकी उनले गत वर्ष करेसाबारीमा बनाइएको नर्सरीबाट ४० हजार रुपैयाँ बचत भएको बताइन । परियोजनाले थोपा सिँचाई बारे सिकाएको प्राविधिक सिप र सहयोगले आफूहरूलाई तरकारी खेतीमा उत्पादन वृद्धिमा सहयोग पुगेको उनले जनाइन ।

सो प्रविधि प्रयोग गर्दा कम पानीमै तरकारी खेती सर्पेको उनको अनुभव छ । थोपा सिँचाइका लागी सो प्रविधि प्रयोग र प्लास्टिक मल्चिंगको प्रयोगले कम पानीमै तरकारी खेती गर्न सकिएको, झार र घाँस उम्रिने समस्या नभएको र तरकारी उत्पादन समेत बढेको पुजाकी सासु सुदामाले बताइन ।

परियोजनाले सिकाएको सिपलाई निरन्तरता दिई तरकारी खेती गर्ने उनले बताइन । तरकारी र बेर्ना उत्पादनबाट यस वर्ष ५० हजार बढी आम्दानी हुने आशा गरेको उनले जनाइन । भारतको बेगंलोरमा प्रयोग हुँदै आएको सो प्रविधिको प्रयोगले जिल्लामै पहिलो पटक भएको परियोजनाका उद्यम विकास अधिकृत संदिप लम्सालले दाबी गरे ।

सो प्रविधि नेपालमा श्रीनगर एग्रोटेकको सहकार्यमा भित्राइएको उनले जानकारी दिए । सो प्रविधिका लागि परियोजनाले करिब ३ लाख रुपैयाँको सामग्री लाभग्राहीलाई दिएको उनले स्पष्ट पारे । “साना किसानका लागि उपयोगी यो प्रविधि घामले चल्ने भएकाले ऊर्जामा कुनै लगानी गर्नु पर्दैन । पानी र माटोको मलिलोपना बचाउनुको साथै उत्पादनमा समेत वृद्धि हुन्छ,” लम्सालले भने ।

परियोजनाका प्राविधिक संयोजक आकाश पौडेलले लाभग्राही कृषक पूजा यादवको परिवारले गर्दै आएको तरकारी खेतीका लागि नर्सरीका लागी करिब ४० हजार मूल्यको थोपा सिँचाइ, टनेल, प्लास्टिक मल्चिगं, आईपिएम पद्धतिका सामग्री र १२ प्रकारका तरकारीको बिउ सहयोग गरिएको उनले जानकारी दिए । दोस्रो वर्ष स्पोडी सिचाई प्रविधिको सहयोग गरेर थोपा सिचाइलाई थप प्रवर्द्धन गरिएको उनले प्रस्ट्याए ।

परियोजना अन्तर्गत जिल्लाका ४ पालिकाका ८ वटा वडामा २१ वटा नर्सरी, ५ वटा प्रदर्शनी फार्म, ४ वटा भर्मि कम्पोष्ट मल तयार पार्ने पिट, १ हजार १ सय कुपोषित भेटिएका बालबालिकाका परिवारलाई ७० प्रतिशत परियोजनाको लागत र ३० प्रतिशत कुपोषित परिवारको लागत साझेदारीमा ७ हजार रूपैया बराबरको सामाग्री सहयोग गरिएको उनले जनाए ।

बिजुलीको आवश्यकता नपर्ने,  पानीको उच्च उपयोग हुने, न्यून लागत, वातावरण मैत्री र साना कृषकका लागि उपयुक्त भएकाले पछिल्लो समय साना कृषकहरू सो प्रविधि सँग जोडिँदै गएको पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?