ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

२० मंसिर २०८२, शनिबार
२० मंसिर २०८२, शनिबार

कपिलवस्तु, २० मंसिर

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका युवायुवती पछिल्लो समय व्यवसायिक कुक बन्ने सपना बोकेर सिपमूलक तालिममा आकर्षित भएको देखिन्छ। शुद्धोधन–१ प्रगतिनगरका ८ कक्षा पास सागर न्यौपाने पनि यही समूहका एक उत्साही प्रशिक्षार्थी हुन्।

अघिल्लो महिना देखिनै उनले ‘खानाको परिकार बनाउने’ विषयमा तालिम सुरु गरेका छन्। पढाइले मात्र राम्रो रोजगारी नपाइने ठम्याएर उनले कुकिङ सीपलाई भविष्यको पेसा बनाउने लक्ष्य राखेका हुन्। यसअघि चलाएको सानो खाजा पसलमा ग्राहकको माग अनुसारका परिकार बनाउन नसकेपछि सागरले औपचारिक तालिमको आवश्यकता महसुस गरेका थिए।

दैनिक १० किलोमिटर टाढाको लबनीस्थित तालिम केन्द्र पुगेर बिहान १० देखि दिउँसो ४ बजेसम्म तालिममा सहभागी हुने सागरले अहिले समोसा, पराँठा, अण्डाबाट बन्ने पोच, सनिसाइड अप, मुर्गी गातावनी सुपदेखि तरकारी काट्ने दक्षता समेत सिकिसकेका छन्। “शिक्षा कम छ, तर सिप राम्रो भए स्वदेशमै रोजगारी पाइन्छ भन्ने बुझेर यो तालिम रोजेको हुँ,” उनले भने।

सागरजस्तै शुद्धोधन–४ मधुनगरकी पूजा कलवार पनि पारिवारिक जिम्मेवारीका कारण ९ कक्षा पछाडि पढाइ जारी राख्न नसकेकी युवती हुन्। सानैमा आमाबाबुको निधनपछि दुई भाइको जिम्मेवारी सम्हाल्दै आएकी पूजाले कुकिङ सीपले घरमै बसेर आयआर्जन गर्न सकिने बताइन्। “हाम्रो क्षेत्रमा कार्यक्रम–भोजमा अरु जिल्ला र भारतबाट कुक बोलाउने चलन छ। अब हामी नै स्थानीय रूपमा सेवा दिन सक्छौं,” उनले भनिन्।

त्यस्तै, शुद्धोधन–४ मोतीभारीका सनोज धोबी पनि पछिल्लो ३० दिनदेखि तालिममा सक्रिय छन्। आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट आएका सनोजले ‘शिक्षाले मात्र होइन, सिपले जीवन सार्थक बन्छ’ भन्दै तालिम रोजेको बताए।

६५ दिने यो कुकिंग सीप विकास तालिममा सहभागीलाई खाद्य सुरक्षा, भान्साको स्वच्छता, भाँडाकुडा व्यवस्थापन, नेपाली, थारु, चाइनीज, बर्गर, स्यान्डविच, बिरयानी लगायत विविध परिकार बनाउने सीप सिकाइँदै आएको प्रशिक्षक राजनराज जोशीले जानकारी दिए। “कुकिङ सीप नेपाल मात्र होइन, विश्वभर प्रयोग हुने सीप हो। यहाँ सिकेको सिपले युवालाई आत्मनिर्भर बनाउने विश्वास लिएको छु,” जोशीले भने।

बिएमजेड र डब्लुएचएचको सहयोगमा कालिका स्वावलम्बन सामाजिक केन्द्र र फरवार्ड नेपालले सञ्चालन गरेको ‘सुधारिएको खाद्य प्रणाली परियोजना (NPL 1083–22)’ अन्तर्गत माग आधारित रूपमा २० युवा–युवतीका लागि तालिम सञ्चालन गरिएको परियोजनाका नागरिक समाज परिचालन तथा वकालत अधिकृत अशोक चन्द्र लम्सालले बताए। उनका अनुसार भुमिहीन तथा विपन्न परिवारका सदस्यलाई स्वरोजगार बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

शुद्धोधनका युवायुवतीले देखाएको उत्साहले गाउँमै सीप सिकेर आत्मनिर्भर बन्न सकिने सम्भावना थप उज्यालो बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?