Butwal Today

निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए  

२० मंसिर २०८२, शनिबार
अ+
अ-
दाङ,  २० मंसिर ।
दाङको चुलाचुली गाउँपालिकामा निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ। नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज द्वारा संचालित लमही आँखा अस्पतालले निःशुल्क आँखा उपचार शिविर सम्पन्न गरेको हाे ।
नेपाल सरकारको सहयोगमा आयोजना गरिएको उक्त शिविरमा बंगलाचुली गाउँपालिकाका  स्थानीय  ज्येष्ठ नागरिक सहित विभिन्न उमेरका नागरिकहरुको उल्लेखनीय सहभागी रहेको थियो ।
शिविरमा मोतिबिन्दुसहितका जटिल दृष्टि समस्या पहिचान, प्रारम्भिक जाँच तथा आवश्यक परामर्श प्रदान गरिएको थियो ।
शिविरमा ४ सय ५० जनाकाे आँखा जाच गरिएको थियो । जसमा ६३ जनामा आँखाकाे समस्या भेटिएको थियो भने ४३ जनाकाे आँखाकाे सल्यक्रिया गरिएको छ ।
बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले आखालाई स्वस्थ राख्न सबै नागरिक सचेत हुनुपर्ने बताए । आँखा नभए संसार अन्धकार हुने भएकाले समयमै उपचार गर्नुपर्ने उनको धारणा थियोे । पुन मगरले आँखा जस्तो संवेदनशील अङ्गलाई बचाउन सके सिङ्गो संसार देख्न सकिने बताए ।
उनले   शिविर सम्पूर्ण समूदायलाई पहुँचयोग्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालन गरिएको बताए । अध्यक्ष पुनले भने,” नागरिकलाई आँखा उपचार सुविधा स्थानीयस्तरमै पुर्‍याउनु नै हाम्रो लक्ष्य हो ।”
लमही आँखा अस्पतालका प्रमुख प्राध्यापक डाक्टर प्रदिप वास्ताेलाले आखालाइ स्वास्थ राख्नका लागि समय समय चेकजाँच गर्नुपर्ने बताए । कार्यक्रममा  बंगलाचुली गाउँपालिकाका प्रवक्ता शोभाराज विश्वकर्मा ,बंगलाचुली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नेपबहादुर केसी,लमही आँखा अस्पतालका प्रशासन शाखा प्रमुख टेकबहादुर चौधरी, आँखा बाह्य कार्यक्रम संयोजक बिमल घिमिरे लगाएको सहभागीता रहेकाे थियोे । आफ्नै गाउँठामा उपचार पाउँद नागरिक खुशी भएका छन् ।