ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

इभी लहरः दाङमा नयाँ ट्रेन्ड

२० मंसिर २०८२, शनिबार
२० मंसिर २०८२, शनिबार

दाङ, २० मंसिर।

दाङमा पछिल्लो समय इलेक्ट्रिक गाडीको प्रयोग तीव्र रूपमा बढेको छ। वातावरणमैत्री, सस्तो सञ्चालन लागत र आधुनिक प्रविधिले समर्थित सुरक्षा प्रणालीका कारण दाङका उपभोक्ता पेट्रोल–डिजेलबाट इलेक्ट्रिक गाडीमा रूपान्तरण भइरहेका छन्। दाङमै ‘इभी संस्कार’ जरो गाड्दै गएको अनुभूति उपभोक्ताले नै गराइरहेका छन्।

घोराही उपमहानगरपालिका–१५ का बिबेक अधिकारी गत जेठदेखि बीवाईडी डल्फिन प्रयोग गर्दै आएका छन्। पेट्रोल गाडीभन्दा सहज र भरपर्दो महसुस भएकाले उनी अहिले पूर्ण रूपमा इलेक्ट्रिकमा निर्भर छन्। गाडीमा प्रयोग हुने सेन्सरले सानोतिनो छुँदा पनि चेतावनी दिने भएकाले दुर्घटना रोकथाममा मद्दत पुग्ने उनको अनुभव छ। घरमै चार्ज गर्न सकिने, तेलको झन्झट नहुने र वातावरणमैत्री यात्राले उनलाई इभीप्रति झनै आकर्षित बनाएको छ।

यस्तै, घोराहीकै माधव आचार्य पनि पेट्रोल गाडीबाट इलेक्ट्रिकतर्फ आकर्षित भएका उपभोक्ता हुन्। उनी गत दशैंमा इभी किनेपछि यात्रामा लाग्ने खर्च आधा घटेको बताउँछन्। धुवाँरहित, आवाजरहित र सफा यात्राले उनलाई मात्र होइन, उनलाई देखेर उनका साथीहरू समेत इलेक्ट्रिक गाडीप्रति लोभिएको उनले बताए।

दाङमा इभी बजारको विस्तार तिब्र गतिमा भइरहेको छ। बीवाईडी टिम ११ इभी ओल्ड दाङका प्रबन्ध निर्देशक बिमल पौडेलका अनुसार, गएको दशैं–तिहारमा मात्र घोराहीबाट ४५ वटा इलेक्ट्रिक गाडी बिक्री भएका छन्। उपभोक्ताहरूको साझा धारणा एउटै रहेको उनी बताउँछन्—इलेक्ट्रिक गाडी सजिलो, सस्तो र सुरक्षित छ।

त्यसैगरी, कंपनीका सेल्स म्यानेजर भुवन धितालले दाङमा इभी बिक्रीको वृद्धिदरलाई उल्लेखनीय भन्दै, २०८० सालमा ४० वटा, २०८१ मा ७३ वटा र २०८२ मा १०० वटा गाडी बिक्री भएको जानकारी दिए। अगाडि र पछाडि दुवैतर्फ सेन्सर रहने भएकाले दुर्घटना न्यून हुने र दुर्घटना भैहाले पनि मानवीय क्षति कम हुने उनले बताए। घरमै चार्ज स्टेसन जडान गर्न सकिने, घोराहीलगायत अन्य स्थानमा पनि चार्जिङ सुविधा उपलब्ध भएकाले चार्जिङको समस्या दाङमा नदेखिएको उनको भनाइ छ।

दाङमा इलेक्ट्रिक गाडीको बढ्दो प्रयोग केवल सवारी साधनको परिवर्तन मात्र होइन, उपभोक्ताको जीवनशैलीमै आएको नयाँधारको संकेत मानिएको छ। सजिलो, सफा र आर्थिक रूपमा फाइदाजनक भएकैले इलेक्ट्रिक गाडी दाङमा दैनिकीको हिस्सा बन्दै गएको छ। यसले दाङलाई निकट भविष्यमा ‘ग्रीन मोबिलिटी’को प्रमुख केन्द्र बनाउने अपेक्षा बढ्न थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?