ट्रेंडिंग:

>> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना

तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान

१९ मंसिर २०८२, शुक्रबार
१९ मंसिर २०८२, शुक्रबार

बुटवल ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरूसिङ्गे–चन्द्रौटा सडक ४ लेनमा विस्तार हुँदै गर्दा तिनाउ नदीमा बन्ने सिग्नेचर पुलका लागि बोलपत्र (टेन्डर) आह्वान गरिएको छ। हाल रहेको ‘तिनाउ पुल’ जीर्ण बन्दै गएको र सवारीचाप अत्यधिक बढिरहेको कारण नयाँ पुल निर्माणका लागि शुक्रबारबाट टेन्डर प्रक्रिया सुरु भएको हो।

यसअघि बुटवल–चन्द्रौटा खण्ड विस्तारपछि पुरानो पुलले सवारी भार थेग्न नसक्ने भएकाले करिब चार वर्षअघि नै सिग्नेचर ब्रिज निर्माण तयारी थालिएको थियो।

सिग्नेचर पुल निर्माण कार्यसँगै पुल परिसरको पर्यटकीय सम्भावना बढाउने उद्देश्य राखिएको छ। पुल नजिकै रहेका जितगढी किल्ला, कृष्ण मन्दिर र मस्जिदलाई समेटेर करिब ३०० मिटर क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने योजना रहेको बुटवल उपमहानगरपालिकाले जनाएको छ। पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको अवधारणा अनुसार तिनाउ नदीमा सिग्नेचर ब्रिज निर्माण प्रक्रिया अघि बढाइएको हो।


के हो सिग्नेचर ब्रिज?

सिग्नेचर ब्रिज आधुनिक डिजाइनको आकर्षक पुल हो, जसलाई विशेष भौगोलिक–पर्यटकीय सम्भावना भएको स्थानमा मात्र निर्माण गरिन्छ। विश्वका इरासमस ब्रिज, रोटरडाम ब्रिज, लन्डनको मिलेनियम ब्रिज, अल्मिलिया ब्रिज आदि चर्चित सिग्नेचर ब्रिजका उदाहरण हुन्।

बुटवल उपमहानगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर गौतम रौनियारका अनुसार, “सिग्नेचर ब्रिज जहाँतहीँ बनाइने संरचना होइन। निश्चित अवस्थाका स्थानमा मात्र उपयुक्त हुन्छ।”

भारतको यमुना नदीमा बनाइएको वाजिराबाद–पूर्वी दिल्ली जोड्ने पुल भारतको पहिलो सिग्नेचर ब्रिज मानिन्छ। सिग्नेचर ब्रिज सामान्यतया सिमेट्रिकल डिजाइनमा बनाइन्छ जसले सम्पूर्ण भार सन्तुलित रूपमा थामिन्छ। पछिल्लो समय एसिमेट्रिकल डिजाइनमा पनि यस्ता पुल निर्माण गर्ने प्रव trend बढेको छ।

सिग्नेचर पुल निर्माणमा बाक्लो, उच्च गुणस्तरीय स्टिल र उच्चस्तरको कङ्क्रिट प्रयोग गरिन्छ। पाइलोन र डेक यस्ता पुलका मुख्य संरचनात्मक कम्पोनेन्ट हुन्। यसका लागि वातावरणीय प्रभाव मूल्याङ्कन, भू–अध्ययन, माटो परीक्षण जस्ता प्रक्रिया अत्यावश्यकीय हुन्छन्। निर्माणको क्रममा विशाल क्षमताका क्रेन आवश्यक पर्छन्।

नेपालमा अहिलेसम्म परम्परागत शैलीका पुलहरू बढी बन्ने गरेकोमा, तिनाउमा बन्ने यो सिग्नेचर पुल पर्यटन प्रवर्द्धनका दृष्टिले समेत नयाँ आकर्षण बन्ने बताइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?