Butwal Today

कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति

१९ मंसिर २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, १९ मंसिर ।

मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलीय गठबन्धनबीच सहमति जुटेको छ ।

शुक्रबार बसेको सात दलको बैठकले यादवलाई नयाँ मुख्यमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको हो । केहीबेरमै सात दलका शीर्ष नेताहरू प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष पुगेर सरकार गठनको दाबी पेश गर्ने तयारीमा रहेको लोसपा संसदीय दलका नेता जयनुल रायनले जानकारी दिए ।

सहमति हुने सात दलमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।