ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण

माइलो छोरा राम प्रकाश, साइँलो छोरा अनुराम र कान्छी छोरी सङ्गीतामा अपाङ्गता छ । तिनै जनाको कम्मर मुनीको खुट्टा टेक्न नमिल्ने समस्या छ । यिनै सन्तान भरणपोषणका लागि कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ प्रगतीनगरकी लक्ष्मी परियार बुढेसकालमा पनि ज्याला मजदुरीमा कुदिरहेकी भेटिन्छिन् ।
१९ मंसिर २०८२, शुक्रबार
१९ मंसिर २०८२, शुक्रबार

कपिलवस्तु,१९ मङ्सिर । 

घर छेउका छिमेकीको तीन तले घर छ । छिमेकी परिवार खेल्छन्, रमाउँछन् । सधैँ हाँसी खुसी देखिन्छन् ।

तर लक्ष्मी परियारको जीवनमा दुःखले साथ कहिल्यै छोडेन । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ प्रगतीनगरकी लक्ष्मी परियार बुढेसकालमा पनि ज्याला मजदुरीका लागि दौड धूप गर्छिन् ।

मुहारमा खुसी नआएको बर्षौ भई सक्यो । श्रीमान् भिम बहादुर परियारको मृत्यु भएपछि परिवार चलाउने जिम्मेवारी उनकै काँधमा आएको छ । परिवारमा सन्तान हुर्किएपछि सन्तानलाई जिम्मेवारी दिएर उम्किने उनको चाहना कहिल्यै पुरा हुने भएन ।

कारण, हो उनका चार सन्तानमा नै जन्मजात खुट्टा नचल्ने समस्या थियो । सम्पत्ति नाममा प्रगतीनगरमा नटुवा बस्ती सँगै जोडिएको सुकुम्वासी बस्तीमा पुग नपुग एक कट्ठा जग्गामा झुपडी घर छ । त्यो पनि लालपुर्जाविहीन र आधिकारिक रूपमा उनको नाम छैन ।

पाँच वर्ष अघि अपाङ्गताकै समस्या भएका जेठो छोरा शंकरलाई उनले अलि अलि खर्च जुटाएर उपचारको प्रयास त गरिन । तर राम्रो ठाउँमा उपचार गर्न लैजान नसक्दा शंकरको मृत्यु भयो । सन्तानहरूमा जन्मँदैबाट अपाङ्गता देखिएपछि परिवार चलाउने जिम्मा आफ्नै थाप्लोमा परेको लक्ष्मी बताउँछिन् ।

“हामी गरिबका दुःख कहिल्यै नघट्ने भयो । न सम्पत्ति छ, न त सन्तान नै सपाङ्ग छन् । बुढेसकालमा पनि ज्याला मजदुरी गरेर परिवार पालेकी छु ।” मन दुखाउँदै उनले भनिन ।  उनकासँगै रहेका तीन जना सन्तानमा समेत अपाङ्गता छ । माइलो छोरा राम प्रकाश, साइँलो छोरा अनुराम र कान्छी छोरी सङ्गीतामा अपाङ्गता छ ।

तिनै जनाको कम्मर मुनीको खुट्टा टेक्न नमिल्ने समस्या छ । श्रीमानको मृत्यु हुँदा परिवारमा कसैको पनि नागरिकता बनेको थिएन । स्थानीय समाजसेवीहरूको सहयोगमा तत्कालीन पालिका अध्यक्ष निसार अहमद खाँले पालिकाको टोली नै खटाएर उनको परिवारको नागरिकता बनाउन सहयोग गरेका थिए ।

जग्गा जमिन नभएका कारण एउटा संस्थाको सहयोगमा सञ्चालन गरेको घुम्ती पसलको सामान्य आम्दानी र तीन अपाङ्ग सन्तानले पाउने मासिक भत्ताले लक्ष्मीको परिवार चल्ने गरेको छ । “ज्याला मजदुरी गरेर आउने आम्दानी छोरा छोरीको भत्ता र सानो पसलको आम्दानीले जसोतसो घर खर्च चलाएकी छु ।

झुपडीको चुहिने घर बनाउने त कल्पना पनि गरेकी छैन,” उनले थपिन । उमेर पुगेका छोराछोरीमा भएको अपाङ्गता र परिवारको सम्पत्ति नहुँदा बिहे बारी गराउन नसकेकोमा लक्ष्मीको धेरै नै दुखेसो छ ।  उनीहरूको परिवारको समस्यालाई देखेर एक गैर सरकारी संस्थाले घुम्ती पसल सञ्चालनका लागि सहयोग गरेको थियो ।

सानो सहयोगले चलेको घुम्ती पसलमा रामप्रकाश आफै जान सक्दैनन् । रामप्रकाशलाई छिमेकी युवाहरूले दिनभर सोही पसलमा लगेर राख्दिने गरेका छन् । त्यसैगरि उनको घरमा रहेको पुरानो कच्ची शौचालयको रिंग फुटेर शौचालय जानै समस्या हुने गरेको थियो ।

बर्सातका बेला त झन् अपाङ्गता भएका छोराछोरीलाई शौचालय जान झनै समस्या थियो । सोही समस्यालाई देखेर ईस्लामि रिलिफको सहयोगमा लिडो नेपाल नामक संस्थाले शौचालय निर्माण गरिदिएको छ । परिवारका सदस्य अपाङ्गता भएको अवस्थामा रहेको र आमा पनि वृद्ध अवस्थामा रहेको देखे पछि लिडो संस्थाको सहयोगमा सो परिवारको शौचालय निर्माणमा सहयोग गरिएको स्थानीय युवा समाजसेवी सरिफ खानले बताए ।

“वहाँहरूको अवस्था देख्दा साहैं टिठ लाग्यो । सबै मिलेर पहिले त नागरिकता सहितका कागजात बनाउन पहल गयौँ । पछि शौचालयको समस्या देखेर लिडो नेपालले शौचालय बनाई दियो । वास्तविक रूपमा समाजसेवा गर्न चाहनेका लागी यो परिवार सहयोगको आशामा छ ।” शरिफ भन्छन् ।

लिडो नेपाल संस्थाले लक्ष्मी परियारको परिवारलाई शौचालय निर्माण गरी सहयोग गरेको जनाउँदै उनको परिवारलाई अन्य सहयोग समेत आवश्यक देखिएको लिडो नेपालका कार्यक्रम प्रबन्धक शुसिल कुमार चौधरीले बताए ।

लिडो नेपालले सहयोग गर्दा सो परिवारको शौचालयको समस्या टरेको छ । त्यस्तै केही वर्ष अघि उनको छोरा राम प्रकाशलाई बजार जानका लागि शुद्धोधन गाउँपालिकाले चारपांग्रे स्कुटर सहयोग गरेको थियो । स्कुटरमा ईन्धन भराउने आम्दानी नहुँदा स्कुटर समेत प्रयोगबिहीन बनेको छ ।

आफूहरू बसेर उठन सक्ने अवस्था नभएको र अरूकै सहयोगमा उठ्न पर्ने हुँदा अरू कामकाज गर्न समस्या परेकोले आफूहरूलाई सक्दो सहयोग गर्ने दाताको खोजीमा रहेको कान्छी छोरी संगिता बताउँछिन् । “पढ्न, लेख्न र घुम्न हामीलाई पनि रहर त लाग्छ । के गर्नु न शरीरले साथ दिन्छ न सम्पत्ति नै छ ।”

संगिताले गुनासो गरिन । आफूहरूलाई हालसम्म विभिन्न संघ संस्थाले सहयोग गरेको भएपनि झुपडीको घर बर्षातमा चुहिएर समस्या हुने गरेको उनको माईला छोरा रामप्रकाशले बताए । “यसो सानो तिनो घर बनाउन कुनै दाताले सहयोग गरे जिवन जसोतसो कटाईएलाकी भन्ने छ ।”

रामप्रकाशले दुखी हुदै भने । सो परिवारलाई विभिन्न निकायले सहयोगहरू गरेको भए पनि स्थायी आम्दानीको श्रोत र व्यवस्थित घर नहुँदा उनको परिवारको दैनिकी समस्या छ । अहिले लक्ष्मी परियारको परिवार घर बनाई दिने मनकारी दाता र अन्य सहयोग गर्ने दाताहरूको आशामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?