© २०२३
बुटवल, १९ मंसिर ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ३ लंकापुर ठूलो पडरियाको नजिकै नयाँ प्रशासनिक भवनको शिलान्यास गरिएको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाका कार्यबाहक नगर प्रमुख कल्पना हरिजनले भवनको शिलान्यास गरेकी हुन् । प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, वडा अध्यक्ष, निवर्तमान जनप्रतिनिधि समाजसेवि, कर्मचारीको उपस्थितिमा शिलान्यास कार्यक्रम सम्पन्न भएको समन्वय शाखा एवं आयोजना ईकाई प्रमुख तुल्सिराम लामिछानेले बताए ।
कार्यक्रममा कार्यबाहक नगर प्रमुख कल्पना हरिजनले स्व.नगरप्रमुख सजरुद्धिन मुसलमानको नेतृत्वमा जग्गा व्यवस्थापन सहित भवन निर्माणका लागि पहल भएको बताउदै प्रशासनिक भवन निर्माण सुरुवात भएकोमा उहाँ र नगरबासीको सपना पूरा भएको बताइन् ।

२०७४ मा निर्वाचित जनप्रतिनिधिले पटकपटक प्रयास गर्दा पनि भवन बन्न सकेको थिएन । अहिले भाडमा नगरपालिका सन्चालन हुँदै आएको छ । २ वर्ष भित्रमा प्रशासनिक भवन सक्ने गरी सम्झौता भएको बताइएको छ । प्रशासकीय अधिकृत तारा ज्ञवालीले तोकिएको समयमा प्रशासनिक भवन बन्नेमा आफु र नगरबासी आशाबादी रहेको र ठेकेदार कम्पनी बाबुल एनभी जेभी निर्माणले ठेक्काको काम पाएको छ ।
यता केही युवा र स्थानीयले लुम्बिनी साँस्कृतिक नगरपालिका बुद्ध र मायादेवीको मन्दिर झल्काउने प्रशासनिक भवन बनाउन दबाब दिइरहेका छन् । भवनको डिजाइनको बारेमा केही दिन देखि लुम्बिनी साँस्कृतिक नगरपालिका स्थानीयले सामाजिक संजालमा बिरोध जनाउदै आएका छन् ।