© २०२३
काठमान्डौ,१९ मंसिर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न शुक्रबार दिउँसो देउवा निवास, महाराजगञ्ज पुगेका छन् ।
कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार ओली–देउवाबीचको छलफल जारी रहेको र उनीहरूले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थिति बारे विस्तृत कुराकानी गरिरहेका छन् । नेताहरूका सचिवालयका स्रोतअनुसार दुवै शीर्ष नेताबीच चलिरहेको राजनीतिक तरलता तथा आगामी सम्भावित शक्ति–सन्तुलनका विषयमा केन्द्रित संवाद भइरहेको छ ।
जेन–जी आन्दोलनको भदौ २३ र २४ गतेको घटनापछि ओली र देउवाबीच भएको यो पहिलो प्रत्यक्ष भेटवार्ता हो ।