© २०२३
काठमान्डौ, १९ मंसिर ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको खेलमा जनकपुर बोल्ट्सले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
जनकपुरले आज एक परिवर्तन गर्दै वायन पार्नेलको स्थानमा संगीथ कूरेलाई टोलीमा समावेश गरेको छ । पार्नेल प्लेइङ–११ मा नपरेपछि जनकपुरले पुनः कप्तान परिवर्तन गरेको हो । आजको खेलमा जान निकोल लफ्टी इटनले टोलीको नेतृत्व सम्हालेका छन् ।
आज जनकपुर विजयी भएमा उसले ४ अंक प्राप्त गर्नेछ, जसले लुम्बिनीलाई ६ अंकमै रोक्ने सम्भावना बढाउँछ । यस्तो अवस्थामा ६ अंक पुगेका टोलीहरूले पनि प्लेअफको दावेदारी कायम राख्न सक्छन् । जनकपुरले लिगको अन्तिम खेल आइतबार कर्णाली याक्ससँग खेल्नेछ ।
लुम्बिनीले पछिल्लो खेलमा विराटनगर किङ्सलाई पराजित गरेको थियो भने जनकपुर चितवन राइनोजविरुद्ध जितसँगै आजको खेलमा उत्रिएको हो ।