Butwal Today

सुनचाँदीको मूल्य घट्यो

१९ मंसिर २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, १९ मंसिर ।

शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ९ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५२ हजार ४ सय रुपैयाँमा झरेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५५५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

यसअघि बुधबार चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँ पुग्दै हालसम्मको उच्चतम दरमा पुगेको थियो । सुनको मूल्य भने असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार रुपैयाँ नाघ्दै हालसम्मकै उच्च स्तरमा पुगेको रेकर्ड छ ।