ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

१९ मंसिर २०८२, शुक्रबार
१९ मंसिर २०८२, शुक्रबार

बुटवल, १९ मंसिर ।

रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद प्रतियोगिताको उपाधि देवदहको बुद्ध पब्लिक इङलिस माध्यमिक विद्यालयले जितेको छ । बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङलिस माध्यमिक विद्यालयको आयोजनामा भएको प्रतियोगितामा तीन दर्जन सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई पछि पार्दै बुद्ध पब्लिककी विद्यार्थी अनुस्का भण्डारीले अन्तरविद्यालय वादविवादको उपाधि जितेकी हुन् । उनले उपाधिसँगै २० हजार नगद शिल्ड तथा प्रमाणपत्र हात पारिन् ।

‘राष्ट्रिय राजनीतिमा युवाको सक्रियता पदीय महत्वाकांक्षा वा वर्तमान आवश्यकता’ विषयमा भएको प्रतियोगितामा लुम्बिनी बोर्डिङ स्कुल बुटवलकी जिविका बस्याल द्वितीय भइन् भने उनले नगद १५ हजार शिल्ड तथा प्रमाणपत्र हात परेको विद्यालयका सहप्राचार्य तथा कार्यक्रम संयोजक भिमसेन गौतमले बताए । उनका अनुसार प्रतियोगितामा छवी मिश्र तृतीय र स्वीकृति न्यौपानेले प्रोत्साहन पुरस्कार हात पारिन् । उनीहरुले जनही १० हजार, ५ हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पारेको सहप्राचार्य गौतमले बताए ।
विद्यालय संचालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कार वितरण गर्दै लुम्विनी प्रदेश परिक्षा ब्यवस्थापन कार्यालयका प्रमुख रमाकान्त तिवारीले विद्यार्थीहरुलाई देश, समय, परिस्थीति काल अनुसारका ज्ञान र सीप सिकाउनु आवश्यक रहेको बताए । उनले विद्यार्थीहरुलाई सैद्धान्तिकसँगै ब्यवहारिक र बाहिरी ज्ञानमा पनि सक्रिय बनाएमा भविष्यमा काम लाग्ने शिक्षा पाउने र दिक्षित हुने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडानम्बर ७ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, प्याब्सन नेपालका उपाध्यक्ष टिकाराम न्यौपाने, अभिभावक संघका रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली, हिसान रुपन्देहीका पुर्व अध्यक्ष दिनेश भुसाल, उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, पुस्तक तथा स्टेशनरी ब्यवसायी संघका अध्यक्ष गोपाल बस्याल, विद्यालयका प्राचार्य कृष्ण न्यौपानेलगायतले प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै प्रतियोगितामा सहभागिता जनाउनु नै विद्यार्थीको जित भएको भन्दै हौसला प्रदान गरे । विद्यालयका शिक्षक माधव पौडेलको संचालनमा भएको कार्यक्रममा नेपाल संस्कृत विश्व विद्यालयका सहप्राध्यापक युवराज गौतम, उपप्राध्यापक डा शंकरप्रसाद गैरे, हेमराज शर्माले निर्णायकको भुमिका निभाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?