© 2026
काठमान्डौ, १९ मंसिर ।
नेपाली कांग्रेसका मधेस प्रदेश सांसद तथा नेता कृष्ण यादवले शुक्रबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका छन् ।
यादवले सात दलका ७७ सांसदको हस्ताक्षरसहित बहुमतको दाबी प्रस्तुत गरेका हुन् । यसअघि आजै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको बैठकले यादवलाई संयुक्त रूपमा मुख्यमन्त्री बनाउने सहमति गरेको थियो ।