Butwal Today

बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण

१९ मंसिर २०८२, शुक्रबार
अ+
अ-
नवलपरासी,पश्चिम्
राष्ट्रिय सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवसको अवसर पारी पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकाले ४४ जना स्वयंसेविकालाई मोवाइल वितरण गरेको छ ।
 बिरामी र महिला स्वयंसेविकाबीच र  सूचना प्रवाहलाई सहज बनाउन स्वास्थ्य स्वयंसेविकालाई मोवाइल वितरण गरीएको हो ।
नगरप्रमुख शम्भुलाल श्रेष्ठले पालिकाभित्रका ४४ जना महिला स्वयंसेविकालाई मोबाइल वितरण गरेका हुन ।”प्रविधिको बिकास सगै हरेक कार्यलाई प्रविधि सग जोड्दा यसले सेवा प्रवाहमा सहज हुन्छ,हामिले घोषणा गरे अनुरुप मोवाइल बितरण गरेका हौं”नगर प्रमुख शम्भुलाल श्रेष्ठले भने ।
नगरपालिकाले ६ लाख ६० हजार मूल्य बराबरको मोवाइल बितरण गरेको हो ।स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी गर्नका लागि प्रती ब्यक्ति रु १५ हजार मुल्यको एन्ड्रोईड मोवाइल सेट वितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?