© २०२३
काठमान्डौ, १८ मंसिर ।
सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीचको खेलमा काठमाडौंले पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा पोखराका कप्तान कुशल भुर्तेलले फिल्डिङ रोज्दा काठमाडौंले ब्याटिङको अवसर पाएको हो ।
पोखरा एभेन्जर्सले आजको खेलमा अघिल्लो खेलकै टोलीलाई निरन्तरता दिएको छ भने काठमाडौंले एक खेलाडीमा परिवर्तन गरेको छ । जेहार्ड इरासमसको स्थानमा सन्नी पटेल प्लेइङ ११ मा आएका छन् ।
काठमाडौं गोर्खाजको टोली :
करण केसी (कप्तान), साहब आलम, रसिद खान, भिम सार्की, सन्तोष यावद, आकाश त्रिपाठी, मोहम्मद आदिल आलम, बेन चाल्र्सवर्थ, मिलिन्द कुमार, जोहन सिम्पसन, सन्नी पटेल
पोखरा एभेन्जर्सको टोली :
कुशल मल्ल, किरण ठगुन्ना, सागर ढकाल, आकाश चन्द, विपिन खत्री, तृतराज दास, सन्दीप केसी, आडम रोसिङटन, जेसन रोय, ऋषी धवन, धनन्जय लक्षण