ट्रेंडिंग:

>> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ >> काठमाडौँका तत्कालीन प्रजिअ रिजालसँग जाँचबुझ आयोगले लियो बयान >> रेसुङ्गामा साना उद्यमीलाई अवसर

पहिचान गोप्य राख्दा पनि एचआइभीको पहिचानमा चुनौती 

१८ मंसिर २०८२, बिहीबार
१८ मंसिर २०८२, बिहीबार

नवलपरासी, १८ मङ्सिर । 

जिल्लामा अहिले एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको पृथ्वीचन्द्र अस्पतालमा रहेको एन्ट्रोभाईरल थेरापी (एआरटी) सेन्टरले जानकारी गराएको छ ।

विगतको तुलनामा अहिले एचआइभी सङ्क्रमितको सङ्ख्या थपिँदै गएको जानकारी गराएको हो । समाजमा अहिले पनि सङ्क्रमितको थप सङ्ख्या हुन सक्ने अनुमान समेत सेन्टरले गरेको छ । केही जागरूक सङ्क्रमितले एआरटी सेवा लिन आएको भए पनि अझै समाजमा खुल्न नचाहनेहरूको सङ्ख्या बढी रहेको छ ।

यसका लागि पालिका स्तरबाट पनि सचेतना गरी परीक्षण गराउने र परीक्षणमा एचआइभी पोजेटिभ देखिए उनीहरूलाई निदानका लागि एआरटी सेन्टरमा पु¥याउने कार्य गर्न सकेमा मात्र एचआइभी निर्मूल पार्न सक्ने सेन्टरका काउन्सेलर दिपेन्द्र ठाकुरले बताए ।

परीक्षण पश्चात् सेन्टरमा सेवा लिन आउने सेवाग्राहीको सूचना गोप्य नै राखिने गरिएको छ, उनले भने, तर यसबारे गाउँ समाजमा प्रभावकारी ढङ्गले सूचना प्रवाह भई रहेको छैन । यस प्रति स्थानीय सरकारले अभियानकै रूपमा परीक्षण गरी एआरटी सेवा लिन प्रेरित गर्नु पर्ने उनको भनाइ थियो ।

उनका अनुसार पृथ्वीचन्द्र अस्पतालमा वि.सं.२०७२ साल देखि एआरटी सेवा सञ्चालित छ । हालसम्म ५ सय ४१ जनाको रजिष्टे«सन देखिन्छ । जसमा २ सय ३२ जना महिला,२ सय ८६ जना पुरुष र २३ जना तेस्रो लिड्डी (अन्य) रहेको तथ्याङ्क देखिन्छ । यो तथ्याङ्कले महिला भन्दा पुरुषमा बढी सङ्क्रमण देखिएको छ ।

त्यसैगरि एआरटी सेन्टरमा हालसम्म निरन्तर सेवा लिइनेमा ३ सय ७९ जना औषधि खाँदै आएका छन् । त्यसमा १ सय ८५ जना पुरुष र १ सय ५५ जना महिला छन् । १६ जना तेस्रो लिड्डी अन्य रहेका छन् । त्यसैगरि १६ जना बालक र ७ जना बालिका समेत सङ्क्रमित अवस्थामा रहेको उनको भनाइ थियो ।

यसै गरी पालिका अनुसारको तथ्याङ्क हेर्ने हो भने सबै भन्दा बढी बर्दघाट नगरपालिका, दोस्रो स्थानमा सुनवल र तेस्रो स्थानमा रामग्राम नगरपालिका रहेको देखिन्छ । यी तिन वटै नगरपालिकामा रहेका क्रमशः ७५,५४ र ५१ जना सङ्क्रमितले एआरटी सेवा लिइने गरेका छन् ।

त्यसैगरि गाउँपालिका तर्फ सुस्ता गाउँपालिकामा ३३ प्रतापपुर गाउँपालिकामा ३२ जना, पाल्हीनन्दन गाउँपालिकामा २७ जना र सरावलमा १६ जना सङ्क्रमितको सङ्ख्या छ । यसै गरी एआरटी सेन्टरबाट सेवा लिनका लागि नेपालकै अन्य जिल्लाबाट ११ जनाले सेवा लिई रहेका छन्, भने ८० जना भारतीय नागरिक पनि आएर नियमित सेवा लिँदै आएको एआरटी सेन्टरका काउन्सेलर ठाकुरले जानकारी गराएका थिए ।

उनका अनुसार एआईभि सङ्क्रमित मध्ये चार जना महिला गर्भवती भएको र उनीहरूको सुरक्षित ढङ्गले प्रसूति गराइएको थियो । ती सङ्क्रमित महिलाबाट जन्मने चार शिशुमा एचआइभी नेगेटिभ देखिएका छन्, उनले भने, यो खुसीको कुरा हो, शिशुमा सङ्क्रमण देखिएन ।

उनका अनुसार एआरटी सेन्टरबाट सेवा लिइने मध्ये ५८ जनाको हालसम्म मृत्यु भइसकेको पनि तथ्याङ्क रहेको छ । विश्वव्यापी रूपमा एचआइभी सङ्क्रमितको तथ्याङ्क कम देखिए पनि सो अनुपातमा यता सङ्क्रमण घटिरहेको छैन । यो चुनौती रहेको छ । एचआईभि सङ्क्रमण भएको पहिला त पहिचान गरिनु नै चुनौती पूर्ण रहेको अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरीले बताए ।

एचआईभि परीक्षणको नाम लिइने बित्तिकै जोसुकै मानिस हिच्किचाउने अवस्था देखिन्छ, कुनै कागजात मेडिकल रिपोर्टमा एचआइभीको रिपोर्ट समेत समावेश गर्नु पर्ने बाध्यता आएको खण्डमा मात्र एचआइभी परीक्षण गराउने गरिएको छ ।

जुनकी यसलाई स्थानीय सरकारले नै पालिका भित्रका सम्भावित तथा आशङ्का लागेका व्यक्तिलाई सुरक्षित र गोप्य तरिकाले परीक्षण गरी उनहरूलाई आवश्यक उपचारका लागि एआरटी सेन्टरमा पठाउने बाकीलाई सुरक्षित रहनका लागि आवश्यक जनचेतना जगाई सावधान गराई राख्ने कार्यक्रम गर्नु पर्ने उनको सुझाव रहेको थियो ।

एक पटक सबैको परीक्षण भएपछि स्थानीय सरकारले एचआईभिबारे आफ्ना नीति कार्यक्रम बनाएर काम गर्नका लागि सहज हुने अवस्थाको सृजना गर्नु पर्ने अध्यक्ष चौधरीले बताएका थिए ।

एचआईभि सङ्क्रमण हुने अन्य जे जस्तो विधि भए पनि समाजमा असुरक्षित यौन सम्बन्ध, अवैध यौन धन्दालाई नै मान्ने गरेका छन् । यस कारणले पनि समाजमा कोही अपहेलित हुन नचाहने डरले परीक्षण गराउन नचाहने अवस्था रहेको छ । कतिपय अवस्थामा सङ्क्रमण भएको व्यक्ति थाहा पाएर पनि अन्यमा सार्ने गरेको घटना पनि सार्वजनिक भएको थियो ।

यस्तो अवस्थाले झन् समाजमा चुनौती थपिएको देखिन्छ । नेपालमा २९ हजार रहेको अनुमान गरिएको छ । नेपालमा एचआभि सङ्क्रमणलाई महामारीकै रूपमा राखिएको अवस्था छ । जसको प्रभाव नवलपरासी जिल्लाको तथ्याङ्कले देखाएको छ ।

नेपालमा एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेका समूहहरू सुईद्वारा लागू पदार्थ प्रयोग गर्नेहरू, यौनकर्मीहरू, कारकारमा रहेका कैदी बन्दीहरू, पुरुष समलिगिँहरू तथा तेश्रोलिगिँहरू र रोजगारीका लागि बिदेसिनेहरू रहेका छन् ।

यी मध्ये सुइँद्वारा लागु पदार्थकोप्रयोग गर्नेहरू र पुरुष समलिड्डि यौनकर्मीहरूमा सङ्क्रमण दर अरू जोखिम समूह भन्दा उच्च रहेको देखिन्छ । नेपालमा महामारीको रूपमा रहेको एचआइभी सङ्क्रमण न्यूनीकरणका लागि पर्याप्त बजेट विनियोजन हुन सकेको छैन ।

तीन तहको सरकार भए पनि जनस्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गर्नु भन्दा भौतिक पूर्वाधारलाई महत्त्व दिएर बजेट खर्चने कार्य भई रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?