Butwal Today

आज पनि घट्यो सुनचाँदीको मूल्य

१८ मंसिर २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, १८ मंसिर ।

सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुन तोलाको मूल्य दुई लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य तोलाको दुई लाख ५४ हजार १ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेर तोलाको ३ हजार ६ सय २५ रुपैयाँमा पुगेको छ । हिजो चाँदीको मूल्य तोलाको ३ हजार ६ सय ५५ रुपैयाँ थियो । महासङ्घले दुवै धातुको भाउमा आएको यस घटबढको जानकारी सार्वजनिक गरेको छ ।