ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

१६औँ कपिलवस्तु महोत्सवको उद्घाटन बुद्धिस्ट विधिबाट हुने

१८ मंसिर २०८२, बिहीबार
१८ मंसिर २०८२, बिहीबार

जितपुर, १७ मंसिर  ।

वाणगंगा नगरपालिका–४ स्थित बुद्धरंगशालामा  मंसिर १८ गतेदेखि सुरु हुन लागेको १६औँ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२ को उद्घाटन बुद्धिस्ट विधिबाट हुने भएको छ। आयोजक वाणगंगा वेलफेयर सोसाइटीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा हाल देशमा बढ्दो असान्ति र हिंसालाई मध्यनजर गर्दै लुम्बिनी–बुद्धभूमिबाट शान्तिको सन्देश देशभर फैलाउने उद्देश्यले बुद्धिस्ट शैलीमा उद्घाटन गर्न लागिएको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा सोसाइटीका महासचिव बुद्धि बहादुर रोकाहा क्षेत्रीले महोत्सवका उद्देश्य, कार्यक्रमका मुख्य आकर्षण र तयारीबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए ।उनका अनुसार यस वर्षको महोत्सवले कपिलवस्तु जिल्लामा रहेका कृषि, पर्यटन तथा औद्योगिक सम्भावनाहरूलाई उजागर गर्दै स्थानीय उत्पादन, संस्कृति र पहिचानको प्रवर्द्धनलाई मुख्य एजेन्डा बनाएको छ।

आयोजकका अनुसार महोत्सवमा ३ सयभन्दा बढी स्टल रहनेछन् भने करिब १ लाख ५० हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ। स्टलहरूमा कृषि उत्पादन, स्थानीय हस्तकला, औद्योगिक क्षेत्रका नवीनतम प्रविधि, पर्यटन आकर्षण तथा विभिन्न व्यवसायिक सामग्रीहरू प्रदर्शनी तथा विक्रीका लागि रहने जनाइएको छ।

यस वर्षको महोत्सवको प्रवेशद्वारलाई जनकपुरस्थित जानकी मन्दिरको झल्को दिने गरी आकर्षक डिजाइनमा निर्माण गरिएको छ। साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको धमाकेदार प्रस्तुति रहनेछ। विशेष गरी मेलामा विशेष आकर्षकको रूपमा  जलपरी रहने पनि बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य विकास बन्जाडे, उद्योग वाणिज्य संघ कपिलवस्तुका अध्यक्ष गणेश बहादुर क्षेत्री लगायतले आफ्नो धारणा राख्दै महोत्सवलाई सफल बनाउन स्थानीय, व्यापारी, सञ्चारकर्मी तथा आम नागरिक सबैको सक्रिय सहयोग अपरिहार्य रहेको बताए। उनीहरूले कपिलवस्तु जिल्लाको पहिचान तथा आर्थिक गतिशीलता वृद्धि गर्न महोत्सवले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

पत्रकारहरूले महोत्सवको व्यवस्थापन, आर्थिक पारदर्शिता, स्टल वितरण व्यवस्था तथा सुरक्षा व्यवस्थाबारे उठाएका प्रश्नहरूको जवाफ कार्यक्रमका अध्यक्ष राजकुमार खाणले विस्तृतरूपमा प्रस्तुत गरेका थिए । उनले सबै काम विधिवत् रूपमा सम्पन्न गर्ने, आर्थिक कारोबार पारदर्शी राख्ने तथा सुरक्षाका लागि पर्याप्त संयन्त्र परिचालन गरिने जानकारि१६औँ कपिलवस्तु महोत्सव मंसिर १८ गतेदेखि पुस १ गतेसम्म, करिब दुई सातासम्म, वाणगंगा नगरपालिका–४ को बुद्धरंगशाला परिसरमा सञ्चालन हुने आयोजक समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?