Butwal Today

मधेशमा एमाले एक्लिएको पनि छैन, एक्लिदाँ पनि एक्लिदैन : विष्णु पौडेल

१७ मंसिर २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, १७ मंसिर ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टी मधेश प्रदेशमा एक्लो नरहेको दाबी गरेका छन् ।

प्रेस चौतारी नेपालले केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमाले हाल पनि मधेशको सबैभन्दा शक्तिशाली पार्टी भएको बताए ।

उनले भने, “आजका मितिमा पनि नेकपा एमाले मधेश प्रदेशको सबैभन्दा शक्तिशाली पार्टी हो । एमालेलाई एक्लाउने प्रयास भए पनि जनताले स्वीकार नगरेसम्म कसैले पार्टीलाई अलग्गै एक्लो बनाउन सक्दैनन् । बहुसंख्यक जनताको विश्वास नै निर्णायक हुन्छ ।”

साथै उनले जनताको विश्वास कायम रहँदासम्म आफूहरू अलग्गो र एक्लो नभएको जिकिर गरे । “जनतासँग जोडिएर अघि बढेको पार्टी हौं । हामी जनताबाट टाढा हुने पक्षमा छैनौं । मधेशमा हामी एक्लिएका छैनौं र एक्लिए पनि एक्लिँदैनौं,” उनले थपे ।