Butwal Today

मुख्यमन्त्रीको सम्बोधन चलिरहँदा विपक्षी दलका सांसदहरू बैठकबाट बाहिरिए

१७ मंसिर २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, १७ मंसिर ।

मधेश प्रदेश सभा बैठक हाल जारी छ ।

आजको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत अघि आफ्नो मन्तव्य प्रस्तुत गरिरहेका छन् । यादवले सातदलीय गठबन्धनलाई लक्षित गर्दै आफ्नो धारणा राख्न थालेपछि नेपाली कांग्रेससहितका विपक्षी दलका सांसदहरूले बैठकबाट बाहिरिएका छन् ।

अहिले सदनमा सत्ता पक्षका नेकपा एमाले, नेपाल संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू मात्र उपस्थित छन् ।

माधेश प्रदेशको मुख्यमन्त्री यादवले २४ कात्तिकको झिसमिसे बिहानीमा शपथ ग्रहण गरेका थिए । शपथ ग्रहणसँगै असन्तुष्ट दलहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले सुनुवाइ गर्दै यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन १५ मंसिरमा परमादेश जारी गरेको थियो ।