© २०२३
काठमान्डौ, १७ मंसिर ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने अवस्था निश्चित भएपछि बुधबार प्रदेशसभा बैठकमा आफ्नो पदबाट राजीनामा घोषणा गरेका छन् ।
विश्वासको मत लिन आज बिहान साढे ८ बजे प्रदेशसभा बैठक बोलाइएको थियो । तर, मुख्यमन्त्री यादवको अनुपस्थितिमा बैठक स्थगित गरिएको थियो । दिउँसोको बैठकमा उनले औपचारिक रूपमा राजीनामा पेश गरेका हुन् ।
सर्वोच्च अदालतले सोमबार साँझ यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।