© २०२३
काठमान्डौ, १७ मंसिर ।
बिहान ८:३० का लागि आह्वान गरिएको मधेस प्रदेशसभा बैठक सत्तापक्षका सांसदहरू अनुपस्थित भएपछि स्थगित गरिएको छ । बिहान १०:३० बजेसम्म पनि सत्तापक्षका सांसद उपस्थित नभएपछि बैठकलाई दिउँसो २ बजेसम्मका लागि सारिएको हो ।
मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने कार्यसूची राखिएको कारण आजको बैठक विशेष रूपमा बोलाइएको थियो । सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन परमादेश जारी गरेको थियो । उक्त आदेशअनुसार मुख्यमन्त्री यादवले आजकै बैठकमा विश्वासको मत लिने तयारी गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।