ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

लैङ्गिक हिंसा रोक्न कपिलवस्तु प्रहरीको सचेतना अभियान

१३ विद्यालयलाई सचेतना सामग्री हस्तान्तरण
१७ मंसिर २०८२, बुधबार
१७ मंसिर २०८२, बुधबार

कपिलवस्तु, १७ मंसिर ।

प्रविधिको दुरुपयोगले हुने लैंगिक तथा घरेलु हिंसा न्युनीकरणका लागि विद्यालयका बालबालिका लक्षित सचेतनाका लागि कपिलवस्तु प्रहरीले कानुनी व्यवस्था सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।

“प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं ः लैंगिक हिंसा रहित प्रविधि, सुरक्षा र न्यायको विधि” भन्ने नाराका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले तौलिहवाको गौढीचोकमा सचेतना कार्यक्रम आयोजना गरेको हो । त्यसपूर्व जिल्लाका सुरक्षा निकायका प्रमुख र सरोकारवालाले गौढीचोकदेखि आन्दोलन चोकसम्म प्लेकार्ड र ब्यानरसहितको सचेतना र्याली गरेका थिए ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर आयोजित कार्यक्रममा नगरका १२ वटै वडा समेट्ने गरी १३ वटा सामुदायिक र सरकारी विद्यालयलाई फ्लेक्स प्रिन्ट बोर्ड र सचेतनामूलक ब्रोसर र स्टिकरहरु हस्तान्तरण गरिएको थियो । कार्यक्रममा नगरभित्रका श्री रत्नराज्य लक्ष्मी मावि, बुद्धपद्य मावि, तौलेश्वरनाथ संस्कृत मावि, यशोधरा मावि, तिलौराकोट मावि, आधारभूत विद्यालय पिपरी, धर्मभक्त मावि, राष्ट्रिय जनहित मावि, राम जानकी आधारभूत विद्यालय बेलौहा, कनकमुनी मावि, राष्ट्रिय मावि, बिकुली, शितलाबक्स मावि र कालिका जन मावि गरी १३ विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीलाई सो सामग्री हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएको सचेतना सामग्रीमा बालबालिका र अभिभावकले जान्नुपर्ने बिषय, लैंगिक हिंसा र प्रविधिको सदुपयोगको विषयवस्तुहरु समेटिएको छ ।

प्रविधिको प्रयोग मार्फत परिमार्जित गरी लैंगिक हिंसा गर्ने प्रवृत्ति बढेकाले अभिभावक, विद्यार्थी र शिक्षकहरु सचेत हुन सकेमा मात्रै लैंगिक हिंसा न्युनीकरणमा सहयोग पुग्ने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर कपिलवस्तु प्रहरीले पृथक रुपमा सचेतना कार्यक्रम अन्तर्गत प्रभातफेरी, दिप प्रज्जवलन, र्याली र खुला अन्तरक्रिया मार्फत सचेतना प्रवाह गरेकोमा उनले धन्यबाद दिए । प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा रोक्न विद्यालयस्तरबाटै सचेतना आवश्यक रहेकाले पालिका र सुरक्षा निकायबिच सहकार्यमा कार्यक्रमलाई निरन्तरता दिन तत्पपर रहेको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले बताए । विद्यालय लक्षित सचेतना कार्यक्रमलाई पालिकाले प्राथमिकता दिंदै आएको उनले जनाए ।

कार्यक्रममा बोल्दै कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यले लैंगिक हिंसामा संलग्नहरुको तथ्यांक हेर्दा करिब ९२ प्रतिशत चिनजानका व्यक्ति नै भेटिएको उनले तथ्यांक सुनाए । “चिनजानका व्यक्तिहरु मध्ये पनि ५८ प्रतिशत सामान्य चिनजानका, २८ प्रतिशत छिमेकी र १३ प्रतिशत पारिवारिक नाता पर्नेबाटै लैंगिक हिंसा हुने गरेको भेटिएको छ ।” उनले भने ।

लैंगिक हिंसाबाट परिवार र समाज कतै पनि सुरक्षित हुन नसकेको देखिएकाले सचेतना र घटना प्रतिको शुन्य सहनशिलताको नीति नै प्रमुख हुने उनको भनाई थियो । पछिल्लो समय अनलाइन प्लेटफर्मको प्रयोग गरी चरित्र हत्या, ब्लाकमेल र यौन हिंसाका घटना घट्ने गरेको देखिएकाले विद्यालयस्तरमै सचेतना प्रवाहमा सहयोग पुर्याई प्रविधिको माध्यमबाट हुने लैंगिक हिंसा न्युनीकरणका लागि सहयोग पुर्याउन कार्यक्रमको आयोजना गरिएको उनले स्पष्ट पारे ।

नेपाल प्रहरीको तथ्यांकमा कुल हिंसाको २९ प्रतिशत लैंगिक हिंसा हुने गरेकोमा ८१ प्रतिशत घरेलु हिंसा रहेको तथ्याकं प्रस्तुत गरिएको थियो । त्यसैगरी सात प्रदेश मध्ये लुम्बिनी प्रदेश दोस्रो बढी लैंगिक हिंसा हुने प्रदेश रहेको उनले जनाए ।

लैंगिक हिंसाको स्वरुप फेरिएकोमा चिन्ता व्यक्त गर्दै प्रविधिका कारण हुने हिंसाको क्रमले समग्र हिंसाका घटना उजागर हुन थालेकोले सबै मिलेर सबै खाले हिंसाको प्रतिबाद गर्न आवश्यक रहेको गैसस महासंघ लुम्बिनी प्रदेश अध्यक्ष सुशिला बेल्बासेले बताइन् ।

विद्यालय र समाज सम्म सचेतना प्रवाहमा सहकार्य गरेर हिंसा विरुद्ध साझा अभियान चलाउन आवश्यक रहेकोमा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले जोड् दिए । प्रविधि सचेतनालाई पाठ्यक्रमको हिस्सा बनाएर प्रविधि मार्फत हुने हिंसा न्युनीकरणमा लाग्नु पर्ने मानव अधिकारकर्मी रवि ठाकुरको सुझाव थियो ।

विद्यालयस्तरबाटै सचेतना प्रवाह गर्नका लागि अन्तरक्रिया कार्यक्रम सहयोगी हुनेमा प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहको जोड् थियो । सबैखाले हिंसा विरुद्ध शुन्य सहनशिलताको नीति कार्यान्वयनमा प्रहरी तत्पर रहने प्रहरी निरीक्षक दिपक कुवरको भनाइ थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?