ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

हाइब्रिडले खायो रैथाने बीउ

उत्पादन बढी हुने लोभमा किसानले हाइब्रिड बीउ रोप्न थालेपछि रैथाने बीउ सङ्कटमा परेको छ । विभिन्न सहकारी संस्थाको तथ्याङ्क अनुसार गत वर्ष मात्रै गुल्मीमा ६५ क्विन्टल मकैको स्थानीय बीउले बजार पाउन सकेन ।
१७ मंसिर २०८२, बुधबार
१७ मंसिर २०८२, बुधबार

गुल्मी, १७ मङ्सिर । 

इस्मा गाउँपालिका –६ स्थित घिमिरे कृषि तथा पशुपक्षी फर्मले गत वर्ष पाँच टन अरूण—२ जातको मकैको बीउ उत्पादन ग¥यो ।

किसानले भारतीय हाइब्रिड बीउ रोप्न थालेपछि २५ क्विन्टल बीउ बिकेन । बीउ बिक्री गरी पैसा कमाउने सोचेका फर्म सञ्चालक कृष्ण घिमिरे अब बीउ उत्पादन गर्ने कि नगर्ने भन्ने दोधारमा छन् ।

किसानलाई स्थानीय माटोमा उत्पादन भएको मकैको बीउ उपलब्ध गराउने उद्देश्यले बीउ उत्पादनमा लागेको थिएँ, तर अहिले किसानले हाइब्रिड बीउमा पल्केर स्थानीय जातको मकैको बीउमा रुचि राख्दैनन्,—घिमिरेले भने,–नबिकेको बीउ खाद्यान्नको लागि सस्तो मूल्यमा बेच्न बाध्य भएँ ।’

उनले गाउँका रैथाने उन्नत बीउ मासिने र कुनै कारण आयातित बीउ रोकिए खेतबारी बाँझो रहने चिन्ता व्यक्त गरे ।  मदाने गाउँपालिका–६ स्थित पुर्कोट उद्यम कृषि सहकारी संस्थाले मनकामना–३ र देउती मकैको बीउ उत्पादन गर्दै आएको छ ।

यो वर्ष सहकारीले मनकामना–३ र देउती जातको मकैको ४० क्विन्टल बीउ बिक्री गर्न सकेन । सहकारी संस्था अध्यक्ष लोकहरी कुवँर भन्छन्–भारतीय हाइब्रिड बीउले रैथाने जातको बीउ किसानले किन्न छाडेपछि बीउ बिक्न छाड्यो । बीउ बिक्री नहुँदा चार लाख घाटा लाग्यो ।’

विभिन्न सहकारी संस्थाहरूको तथ्याङ्क अनुसार, गुल्मीमा ६५ क्विन्टल बीउले बजार पाएन् । यहाँ अरूण—२, मनकामना—३ र देउती मकैको बीउ उत्पादन हुँदै आएको छ । धेरै उत्पादन हुने लोभमा किसानले हाइब्रिड बीउ रोप्न थालेपछि रैथाने बीउ सङ्कटमा परेको छ ।

केही वर्ष अघिसम्म स्थानीय जातको मकैको बीउ खोज्ने किसानको अहिले हाइब्रिड बीउमा रुचि छ । पछिल्लो समय स्थानीय तहहरूले किसानलाई रैथाने र उन्नत जातका असल बीउ खोजेर रोप्न प्रोत्साहन गरिरहेका छन् ।

पहिले पहिले गाउँघरमा घैटामा, धन्सारमा खरानीभित्र जोगाएर बीउ राख्ने चलन थियो । बीउ जोगाउने पहिलेको चलन अहिले हराएको छ । अहिले हाइब्रिड बीउबाट उत्पादन भएको खाद्यान्न बीउको रूपमा राख्न नसकिने किसानहरूको भनाइ छ ।

सत्यवती गाउँपालिकाका कृषि अधिकृत उपकार भण्डारीका अनुसार गाउँपालिकाले धान मकैको उन्नत बीउ र चार प्रकारका कोदो, फापर र जुनेलो लगायतका रैथाने बालीका बीउहरू निःशुल्क वितरण गरिरहेको छ । पहाडी बाली अनुसन्धान केन्द्रबाट मुल बीउ ल्याएर किसानहरूलाई मौसम अनुसार वितरण गर्ने गरिएको छ ।

रैथाने बाली कम फल्ने र ढल्ने भएका कारण किसानहरू हाइब्रिडतिर आकर्षित भएको सत्यवती गाउँपालिका कृषि शाखा प्रमुख भण्डारी बताउँछन् । बाली रोग विशेषज्ञ प्रकाश मरासिनीको भनाईमा, हाइब्रिड बीउ धेरै फले पनि स्वादका हिसाबले खान मिठो हुँदैन ।

हाइब्रिडमा नयाँ रोगहरू आउँछन् । धानमा पोके र मकैमा ओइलाउने, कुहिने र जलवायुको जोखिम रहेको छ । उनले सरकारी निकायले उन्नत बीउ पर्याप्त दिन नसकेका कारण हाइब्रिड धेरै मात्रामा भित्रिएको बताए । उनी सरकारी निकायबाट हाइब्रिड बीउलाई प्रोत्साहन गर्न नहुने बताउँछन् ।

व्यापारीहरूले हाइब्रिड बीउलाई प्रोत्साहन गरिरहेका छन् तर सरकारी निकायले नियन्त्रण गर्न ध्यान दिइरहेका छैनन् । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टिकाराम न्यौपानेले रैथाने बाली प्रवर्द्धन अन्तरगत धुर्कोट र इस्मामा काम गरेको र यान्त्रीकरणमा सहयोग गरेको बताए ।
चैतमा रोपेको मकै साउन महिनाको अन्तिममा पाक्ने गर्छ । गुल्मीमा २२ हजार ४१८ हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ ।

बर्से मकै २० हजार ५१३ र बसन्ते एक हजार ९०५ हेक्टर क्षेत्रफलमा लगाउने गरिएको छ । जिल्लामा बर्से मकै ७१ हजार २०५ मेट्रिक टन र बसन्ते मकै पाँच हजार ९६७ मेट्रिक टन उत्पादन हुने कृषि ज्ञान केन्द्र गुल्मी जनाएको छ ।

पछिल्लो समय किसानले उन्नत जातको मकैलाई प्राथमिकता दिन थालेका छन् । गुल्मीमा सबैभन्दा बढी क्षेत्रफलमा मकै लगाउने वर्षाको समयमा हो । उन्नततर्फ अरूण–२, मनकामना–३ र देउती जातको मकै धेरै लगाइन्छ । यो जिल्लामै उत्पादन हुने मकै हो ।

कृषिज्ञान केन्द्रका अधिकारीहरूका भनाईमा, करिब ७० प्रतिशत किसानले हाइब्रिड जात अर्थात सिपी र जेके मकै धेरै लगाउने गरेका छन् । किसानले धेरै उत्पादन गर्ने उद्देश्यले हाइब्रिड मकै लगाउने गरेका छन् ।

 खाद्य संकटको जोखिम
उच्च पहाडी क्षेत्रमा कृषि उत्पादन कम हुने र मौसम परिवर्तनको असर बढी पर्ने भएकोले खाद्य सुरक्षा समस्याहुने गरेको छ । मौसमको उतारचढाव, बाढी र सुख्खा जस्ता प्राकृतिक प्रकोपले खेतीको उत्पादनलाई प्रभावित पार्ने भएकाले खाद्य सङ्कट निम्त्याउने जोखिम छ ।

अहिलेकै अवस्थामा कृषि ज्ञान केन्द्र गुल्मीमा साउनसम्म कतिपय फाँटहरूमा रोपाइँ हुन सकेन । जसले गर्दा किसानहरूको बीउ बुढो भएकाले स्वाभाविक रूपमा कम धान फल्ने आकलन कृषि ज्ञान केन्द्र गुल्मीले गरेको छ ।

गुल्मीका धेरै गाउँमा उच्च गरिबी र सीमित स्रोतका कारण पोषणयुक्त खानेकुराको अभाव छ । बिहान बेलुकाको छाक टार्न समस्या नभए पनि सन्तुलित रूपमा खान खाने परिवारहरूको सङ्ख्या कम रहेको छ ।

पोषणयुक्त खाना नपाएमा बालबालिका र वृद्धहरूको स्वास्थ्यमा असर पुराउने गर्दछ । कृषि उत्पादनबाट प्राप्त हुने आहारले सामान्यतया: प्रोटिन र अन्य पोषणका आवश्यक तत्त्वहरू पुराउन नसक्ने भएकाले थप आहार व्यवस्थापन गर्न गरिब परिवारमा समस्या रहेको छ ।

गुल्मी जिल्ला पहाडी जिल्ला भएकाले सबै ठाउँमा बिस्तारै सडकको पहुँच बिस्तार हुँदै गएको छ । तर, बाह्रमासै सडक सञ्चालनको सम्भावना छैन । बर्सातको बेला लामो समय सडक अवरुद्ध हुँदा बजारबाट गाउँसम्म खाद्य आपूर्ति ढिला पुग्ने वा महँगो हुने समस्याले खाद्य सुरक्षा सङ्कट देखिने गरेको छ ।

सालमा सत्यवती गाउँपालिकाको वडा नम्बर २, ३ र ४ मा गएको भिषण पहिरोका कारण बन्द भएका सडकका कारण झण्डै पहिरो प्रभावित क्षेत्रमा खाद्य सङ्कट निम्तिएको थियो । विस्थापित ३ सय परिवारलाई नेपाली सेनाको हेलिकप्टर मार्फत खाद्य व्यवस्थापनको काम गरिएको थियो ।
मालिका वडा नम्बर १, २ र ३ जिल्लाका बिकट गाउँ हुन् । बर्सातमा गाडीहरू नियमित सञ्चालन हुने सम्भावना छैन । जसको कारण प्रत्येक सामग्रीमा पाँचदेखि १५ प्रतिशतसम्म मूल्य वृद्धि गरेर व्यवसायीहरूले सामान बिक्री गर्ने गरेको स्थानीय अगुवा रवीन्द्र विश्वकर्माले बताए ।

व्यक्तिका व्यावसायिक पसलबाट बिक्री वितरण हुने खाद्य सामग्रीलाई जिल्लामा केही सहकारीहरूले सुपथ मुल्य पसलहरू सञ्चालन गरेर सहजीकरण पनि गर्दै आएका छन् ।

गुल्मीमा दुई बर्षदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यान्न बिक्री बितरणको काम गर्दै आएको छ । जिल्लामा सदरमुकाम तम्घास र बाहिर मालिका, रुरुक्षेत्र र मदानेमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले डिपो स्थापना गरेको छ । अहिलेसम्म दुई करोड रूपैयाँ भन्दा बढीको खाद्यान्न बिक्री गरेको शाखाले जनाएको छ ।

तम्घासमा २०८० पुस १ गते यस कम्पनीको शाखा स्थापनासँगै तीन स्थानमा खरिद बिक्री केन्द्र समेत सञ्चालन गरिएको थियो । गुल्मेली जनतालाई सहज र सुलभ तरिकाले खाद्य सामग्रीको आपूर्ति गर्ने उदेश्य सहित शाखाको स्थापना भएको थियो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गुल्मीका शाखा प्रमुख लक्ष्मी भण्डारीका अनुसार लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाबाट १ हजार ९७६ क्विन्टल चामल ल्याइएको थियो । जसमध्ये तम्घास शाखा कार्यालयले ४६० दशमलव ५० क्विन्टल चामल बिक्री गरेको थियो । बलेटक्सार बिक्री केन्द्रले ४८३ दशमलव २५ क्विन्टल, अर्खाबाङ् बिक्री केन्द्रले ७२ क्विन्टल र बाँझकटेरी बिक्री केन्द्रले ३४ क्विन्टल चामल बिक्री गरेको भण्डारीले बताईन ।

गुल्मीमा कृषि र पशुपालनबाट समृद्धिको आशा जाग्न थालेको छ । पहाडी जिल्लाहरूमा ठुला उद्योग कलकारखाना नभएका कारण कृषि र पर्यटन नै संमृद्धिका मुख्य आधारहरू हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार यो आर्थिक वर्षमा साढे चार अर्बको पशु र सवा अर्ब रूपैयाँ बराबरको कृषिजन्य उत्पादन भएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/०८२ मा मासु, दूध र अण्डा गरेर चार अर्ब ५९ करोड २९ लाख चार हजार रूपैयाँ बराबरको पशुजन्य उत्पादन भएको छ । त्यस मध्य एक अर्ब ८४ करोड ३८ लाख १५ हजार रूपैयाँको दूध मात्रै उत्पादन भएको छ । गाईको दूध ६ हजार ३८१ मेट्रिक टन र भैँसीको दूध १६ हजार ४३७ मेट्रिक टन उत्पादन हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख हुमकान्त पाण्डेयले जानकारी दिए ।

दूध र माछा मासुको उत्पादन अवस्था 
गतबर्ष भन्दा अहिले जिल्लामा २.५१ प्रतिशत दूध उत्पादन वृद्धि भएको छ । अहिले जिल्ला बाहिर प्रत्येक दिन पन्ध्र सय लिटर दूध निर्यात हुने गरेको छ । सत्यवती, रुरु क्षेत्रका फर्महरूबाट बढी दूध बिक्री भइरहेको छ ।

गुल्मीमा राँगो, खसी बोका, कुखुरा, सुँगुर र बुङ्गुर तथा भेँडाको दुई अर्ब ५८ लाख २३ लाख चार हजार रुपियाँ बराबरको मासु उत्पादन हुने गरेको पाण्डेले बताए । त्यस्तै जिल्लामा १९ करोड ४१ लाख ७५ हजार रूपैयाँ बराबरको अण्डा उत्पादन हुने गरेको पाण्डेयले बताएका छन ।

त्यस्तै जिल्लामा एक अर्ब १५ करोड ७२ लाख ६० रुपियाँ बराबरको कृषि उपज उत्पादन भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा कृषि ज्ञान केन्द्रका अनुसार तरकारी, सुन्तला, कफी, मह, किवी, मसिनो चामल, आलु, उँखु, कोदो र रैथाने बाली गरेर ४९ हजार ३११ मेट्रिक टन उत्पादन हुने गरेको छ । जसमा ६८ करोड ९६ लाख २० हजार आठ रूपैयाँ मूल्य बराबरको कृषि उपज जिल्ला बाहिर नि¥र्यात हुने गरेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिए ।

धितालका अनुसार तरकारी १९ हजार ७५७ मेट्रिक टन अर्थात ४३ करोड ४६ लाख ६० हजार ६०० रूपैयाँ बराबरको उत्पादन भएको छ । जसमा २० करोड ९६ लाख ८९ हजार २०८ रूपैयाँ बराबरको तरकारी जिल्ला बाहिर निर्यात हुने गरेको छ । तरकारीको लागि छत्रकोट, सत्यवती र रुरुक्षेत्र गाउँपालिका अब्बल छन् । त्यस्तै सुन्तला पनि जिल्लामा राम्रो उत्पादन देखिएको छ ।

जिल्लामा उत्पादन हुने २७ करोड २३ लाख ४६ हजार रूपैयाँको सुन्तला मध्ये १५ करोड ९२ लाख रूपैयाँको सुन्तला जिल्ला बाहिर नि¥यात हुने गरेको छ । यो वर्ष सात हजार १६७ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

सुन्तलाको लागि रेसुङ्गा, धुर्कोट र छत्रकोट अब्बल छन् । कफीको जननी गुल्मीबाट अहिले २१२ मेट्रिक टन अर्थात दुई करोड एक लाख ४० हजार रूपैयाँ मूल्य बराबरको कफी उत्पादन मध्ये एक करोड ६५ लाखको जिल्ला बाहिर निर्यात भएको छ ।

स्वास्थ्य कार्यालय गुल्मीका अनुसार गाउँ तथा नगरपालिका प्रमुखको संयोजकत्वमा पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति गठन गरिएको छ । जसले बिपद्को बेला खाद्य सामग्रीको सहज आपूर्ति गर्ने काम गर्दछ ।

संघ र प्रदेश तहका नीतिसँग अनुकूल हुने गरेर स्थानीय पोषण नीति तर्जुमा गर्ने, आवश्यक श्रोतको व्यवस्थापन गर्ने, दीर्घकालीन आवधिक तथा वार्षिक कार्यक्रममा पोषणमैत्री स्थानीय शासन सम्बन्धी कार्यक्रमहरू समावेश गर्ने, वडा तथा गाउँवस्ती पहिचान गर्ने र सोही अनुसारका क्रियाकलाप सञ्चालन गर्ने समितिको काम रहेको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक तारा बहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार वडा स्तरीय समिति पनि हुने र त्यसले पनि वडा तहबाट कार्यपालिकामा सिफारिस गर्ने काम गर्दछ । यो अभियान अन्तरगत जिल्लाका स्थानीय तहहरूले पूर्ण पोषणमैत्री पालिका घोषणा गर्ने योजना अघि बढाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?