Butwal Today

सुनको भाउ तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदीको भाउ अहिलेसम्मकै उच्च

१७ मंसिर २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, १७ मंसिर ।

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सो मूल्य २ लाख ५३ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य पनि आज तोलामा १ सय १० रुपैयाँले वृद्धि भएको महासङ्घले जनाएको छ । मूल्यवृद्धिसँगै चाँदी तोलाको ३ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन चाँदीको हालसम्मकै सर्वाधिक मूल्य हो । हिजो चाँदीको भाउ ३ हजार ५ सय ४५ रुपैयाँ थियो ।