ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

किसानलाई जडीबुटी खेतीतर्फ प्रेरणा

१७ मंसिर २०८२, बुधबार
१७ मंसिर २०८२, बुधबार

पाल्पा ।

ग्रामिण बस्तीमा खाद्यान्न तथा तरकारी–फलफुल खेतीलाई वन्यजन्तुबाट जोगाउन चुनौती बढेपछि डिभिजन वन कार्यालय पाल्पाले विकल्पका रूपमा जडीबुटी खेतीको प्रवर्द्धन थालेको छ। वनवाली तथा औषधीय वनस्पतिको ठूलो सम्भावना रहेको पाल्पामा कार्यालयले विशेषगरी टिमुर खेतीलाई व्यवसायिक रूपमा विस्तार गर्ने योजना अघि सारेको हो।

रिब्दीकोट गाउँपालिकास्थित ठिमुरे क्षेत्रलाई टिमुर उत्पादनका लागि ‘पकेट क्षेत्र’ बनाउने तयारी भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ। हालसम्म आफ्नै जमिनमा उम्रिएका बिरुवाबाट उत्पादन गर्दै आएका स्थानीय किसानले राम्रो आम्दानी गर्न थालेपछि कार्यालयले व्यवस्थित र आधुनिक tarikale खेती विस्तार गर्न लागिएको हो।

ठिमुरेमा व्यवसायिक रूपमा टिमुर खेती गर्दै आएका २४ भन्दा बढी किसानलाई जमिन तथा बिउ छनोटदेखि उत्पादन, भण्डारण र बजारसम्मका प्रक्रियाबारे तालिम प्रदान गरिएको छ। ‘जडिबुटी तथा गैह्रकाष्ठ वन पैदावार खेती विस्तार तथा संकलन सम्बन्धी’ तालिममा वरिष्ठ डिभिजन वन अधिकृत मोहन प्रसाद श्रेष्ठले पाल्पामा जडीबुटी खेतीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै टिमुर खेती आयआर्जनको भरपर्दो माध्यम बन्न सक्ने बताए।

वरिष्ठ वन अधिकृत मुना शर्मा पनि आयुर्वेदिक चिकित्सामा टिमुरको महत्व ठूलो भएको बताउँछिन्। उनका अनुसार टिमुर खेतीले जमिनको उचित उपयोगसँगै दीर्घकालीन आम्दानीको स्रोत तयार गरिदिने र ग्रामीण क्षेत्रमा बसाइँसराइ रोक्न सहयोग पुर्‍याउने सम्भावना छ।

माथागढी र रिब्दीकोटका केही स्थानमा परापूर्वकालदेखि टिमुर खेती हुँदै आए पनि यस वर्षदेखि डिभिजन वन कार्यालयको पहलमा व्यवसायिक ढंगबाट यसको विस्तार थालिएको छ। स्थानीय किसानलाई जडीबुटी खेतीतर्फ आकर्षित गर्दै वन कार्यालयले नयाँ आर्थिक अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?