दाङ ।
विद्यालयको शैक्षिक तथा भौतिक स्तरोन्नतीका लागि संचालन गरेको श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ दानदाताहरुको लाखौ दान गरेका छन् । यही मंसिर ८देखि १५ गतेसम्म संचालन गरेको सप्ताह ज्ञानमहायज्ञलाई विद्यालयका अभिभावक देखि स्थानीयहरुले नगद दिए ।
नगद र धान गरि करिव ३३ लाख रुपैयाँ संकलन भएको छ । वि.स. २०३५ सालमा रात्रीकालिन विद्यालयका रुपमा स्थापना भएको प्राथामिक विद्यालय लगाानी , संरक्षण र सक्रियता अभावका कारण विद्यालय अन्त विद्यालयमा गाभिने स्थितीमा पुुगेको थियो। स्थानीयहरु दिल खोलेर मुुठिदेखि मुुरीसम्म , एक देखि लाखौ रुपैयाँसम्म दान गरेका छन् ।
सप्ताह ज्ञानमहायज्ञका सदस्य सचिव तथा विदालयका प्रधानध्यापक खड्क बहादुर वलीका अनुुसार सप्ताहमा ३३ लाख पाँच हजार एकसय ५६रुपैयाँ ५७ पैसा नगद दान संकलन भएको छ । जसमा नगद दान मार्फत ३१ लख ८५ हजार , दुुईसय ५६ रुपैयाँ ५७ पैसा र कलश मार्फत एकलाख १९ हजार ९ सय रुपैयाँ दान संकलन भएको छ । त्यस्तै अन्नवाली अर्थात धानदान मार्फत अन्दाजी एकसय ३० कुन्टल धान संकलन भएको जानकारी दिए ।
महायज्ञको सातैदिन महायज्ञका स्थानीयहरुले आफ्नो गच्छे अनुसार दान गरेका छन् । दानबाट संकलन भएकाले उक्त रकमले सप्ताहको संकल्प पुरा गर्ने प्रधानध्यापक वलीले बताए । उनले भने ,‘ विद्यालयको सबै दानबीरहरु हाम्रा लागि भगवान नै हुनुुहुन्छ । अझ सप्ताह दान मात्रै होईन सफल बनाउन विद्यालयका लागि सक्रियता पूर्वक लाग्नुुभएको छ । त्यो कुुरा विद्यालयका निकै प्रशंसनिय काम बनेको छ । ’
प्रधानध्यापक वलीले विद्यालयको मुहार फेर्न लाग्ने सबै अभिभावक, स्थानीय , सामाजिक अगुवा , दानदाता सँगै सप्ताह ज्ञानमहायज्ञका विभिन्न समितिहरु प्रति विद्यालय परिवार आभारी भएको बताए ।
विद्यालय निर्माणका लागि घोराही उपमहानगरपालिका वडा नं १७ चौघेरा निवासी समाजसेवी पदम केसीले ५० हजार , पचुर्खा निवासी समाजसेवी दिलबहादुर वलीले एकलाख एघार हजार एकसय ११, विद्यालय व्यवस्थापन समितिका सदस्य जीवबहादुर खत्रीले एकलाख २१ हजार एकसय ११, घोराही उपमहानगरपाकिला वडा नं. ६ चैनपुर निवासी समाजसेवी खर्गबहादुर खत्री ५७ हजार पाँचसय ५५, विद्यालयका पूर्व शिक्षक तथा समाजसेवी एवं सप्ताह ज्ञानमहायज्ञका दाता पहचिान उपसमितिका संयोजक श्रीधर महरा र उनको धर्मपत्नी सरिता महराले एक लाख ५१ हजार पाँचसय ५५ दान गरेका छन् ।
महायज्ञ सल्लाहकार संयोजक तथा अग्रज साहित्यकार गुुरुप्रसाद शर्मा रेग्मी र उनका छोराहरु सुधिरकुमार रेग्मी , सुुनिलकुमार रेग्मी गरी रेग्मी परिवारवाट एकलाख ५५ हजार पाँचसय ५५ र हाल रोजगारका लागि युुकेमा रहेका घोराही उपमहानगरपालिका वडा नं. १७ उज्जवल टोल निवासी लिलाधर कवर मगर र उनकी धर्मपत्नी मिना कवर मगर सहित सम्पूर्ण परिवारबाट एकलाख ८१ हजार एकसय ११ रुपैयाँ दान गरेको प्राध्यानाध्यापक वलीले जानकारी दिए ।