© २०२३
काठमान्डौ, १७ मंसिर ।
नेपाली कांग्रेसले समावेशिता, समान अवसर, मानवअधिकार र सामाजिक न्यायको पक्षमा निरन्तर दृढतापूर्वक उभिरहने प्रतिबद्धता व्यक्त गरेको छ ।
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा जारी सन्देशमार्फत पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसले आफ्नै विधानअनुसार स्थानीय तहदेखि संघीय संरचनासम्म अपाङ्गता भएका सदस्यहरूको सहभागिता सुनिश्चित गर्दै आएको उल्लेख गरे । उनले आगामी दिनमा यस सहभागितालाई अझ प्रभावकारी र जिम्मेवार बनाइने प्रतिवद्धता पनि दोहोर्याए ।
कार्यवाहक सभापति खड्काले सन्देशमा नेपाल संविधानले सुनिश्चित गरेका समान अधिकार, सहभागिता, सामाजिक न्याय र समावेशिताका मूल्यलाई कांग्रेसले निरन्तर संरक्षण गर्दै आएको उल्लेख गरे ।