© २०२३
काठमान्डौ, १७ मंसिर ।
नागरिक उड्डयन प्राधिकरण ९क्यान० का महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । उनलाई आज विशेष अदालतमा उपस्थित गराएर भ्रष्टाचारसम्बन्धी मुद्दामा अभियोगपत्र दर्ता गर्न प्रक्रिया अगाडि बढाइएको छ ।
अख्तियारका एक अधिकृतका अनुसार अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दामा औपचारिक अभियोगपत्र दर्ता गर्ने तयारी भइरहेको छ ।
उक्त घटनाअघि, कात्तिक ३ मा अपरिचित व्यक्तिहरूले सातदोबाटोबाट घर फर्किँदै गरेका अधिकारीमाथि आक्रमण गरेका थिए । आक्रमणमा संलग्न काभ्रे घर भएका कोकिलबहादुर शाह, रामेछापको गेलु घरका ३१ वर्षीय सिर्जन अधिकारी र सर्लाही घरका ३५ वर्षीय हेम तामाङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो ।