© २०२३
काठमान्डौ, १५ मंसिर ।
नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनस्टनले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेकी छन् । बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
राष्ट्रपति पौडेलले नेपाल–अस्ट्रेलिया सम्बन्ध सुदृढ बनाउन जोनस्टनले खेलेको भूमिकाको सराहना गर्दै उनको कार्यकाल सफलतापूर्वक सम्पन्न भएकोमा धन्यवाद व्यक्त गरेका थिए ।