ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

‘मल आउँछ’ जान्छ कहाँ ?

१६ मंसिर २०८२, मंगलवार
१६ मंसिर २०८२, मंगलवार

बर्दिया, १६ मङ्सिर ।

बाँके–बर्दिया क्षेत्रका किसान अहिले हिउँदे वाली लगाउन समयमा आवश्यक रासायनिक मलको अभाव यथावत् छ । धान बाली लगाउँदाको समयमा पनि मलको हाहाकार थियो ।

कृषिको मुख्य आधार मानिने युरिया, डीएपी र पोटासजस्ता रासायनिक मलको अभावले हिउँदे बाली उत्पादनमै ठुलो असर पर्न सक्ने सङ्केत देखिएको छ ।

सहकारी, कृषि सामग्री केन्द्र (एग्रोभेट) र स्थानीय भण्डारण केन्द्रहरू सबैमा मल खोज्दै किसान बिहानैदेखि लाइन लाग्न थालेका छन् ।

कतिपय ठाउँमा किसान बिहान ५ बजेदेखि नै सहकारीको गेटअगाडि लाइन बस्दै आए पनि आवश्यक परिमाणको मल नपाएर रित्तै हात घर फर्किएको गुनासो बढ्दै गएको छ ।

‘बाँके र बर्दियाका अधिकांश किसानका लागि हिउँदे बाली विशेष गरी गहुँ, तोरी, मुसुरो, चना, मटर र तरकारी खेती मुख्य आयस्रोत हो। वर्षौँदेखि यही फसलले परिवार पालिरहेका किसान अहिले मल नपाउँदा चिन्तामै छन् ।

बर्दिया जिल्लामा मात्रै करिब ६० प्रतिशत खेतीयोग्य जग्गामा हिउँदे बाली लगाइने गरिन्छ, तर यस वर्ष समयमै पानी नपरेकै बिच अब मल अभावको ठुलो चुनौती थपिएको किसानहरू बताउँछन् ।

‘बाँकेको जानकी गाउँपालिका–५ का किसान सोमबहादुर यादव भन्छन्, “हामी बिहानै चार–पाँच बजे उठेर सहकारी पुग्छौँ, तर जब पालो आउँछ, मल सकिएको हुन्छ। यो वर्ष खेती गर्न नसकिए के खाने, कसरी परिवार चलाउने भन्ने चिन्ता छ ।”

‘सहकारी र एग्रोभेटहरूमा उपलब्ध मल मागको तुलनामा अत्यन्त कम छ । बर्दियाको मधु वन नगरपालिका, राजापुर, ठाकुरबाबा, बाँकेको डुडुवा, जानकी, राप्ती सोनारीलगायत क्षेत्रका किसानहरू हरेक दिन मल खोज्न गाउँ–गाउँका सहकारी धाइरहेका छन् ।

कतिपय सहकारीले ‘मल आउँछ’ भनेर सूचना दिए पनि पर्याप्त मात्रा नआउँदा किसान निराश हुँदै फर्किने गरेका छन् ।
‘मल अभावको समस्या यति तीव्र बनेको छ कि धेरै किसान राति नै सहकारीको गेटमा गएर लाइन बस्ने गरेका छन् ।

बर्दियाको बढैयाताल गाउँपालिकामा केही दिनअघि मल वितरण हुने भनेर खबर भएपछि सयौँ किसान विहान सबेरै लाइनमा बसेका थिए । तर उपलब्ध मल अत्यन्त कम हुँदा अधिकांश किसानले एक बोरा पनि पाउने अवसर पाएनन् ।

“हामी ५ बजे गएर बसेका थियौँ, ११ बजे मात्र सहकारी खुल्यो, अनि २५ बोरा मल आएको भन्ने जानकारी भयो। त्यो पनि सहकारीका केही पुराना ग्राहकले लिए, हामीजस्ता सामान्य किसान फेरि निराश,” किसान कौशल थारु भन्छन्।

‘कतिपय ठाउँमा किसानबिच धकेलाधकेल, झगडा र विवादसमेत भएको देखिएको छ। सहकारी कर्मचारीहरूका अनुसार मल कम आएको र माग अत्यधिक भएकाले कसलाई दिने र कसलाई नदिने भन्ने निर्णय नै कठिन बनेको छ ।

‘किसानहरूका अनुसार मुख्य समस्या समयमै मल उपलब्ध नहुनु र वितरण प्रक्रियामा पारदर्शिता नहुनु हो। नेपालमा मल आयात अत्यधिक समय लाग्ने प्रक्रिया भएकाले वितरणमा ढिलाइ हुने गरेको किसानहरू बताउँछन् ।

कृषि ज्ञान केन्द्र बाँके र बर्दियाले सहकारीहरूको मागअनुसार मल पठाउन प्रयास गरिरहेको भए पनि केन्द्रीय आपूर्तिमै समस्या भएकाले वितरण सुचारु हुन नसकेको अधिकारीहरूको भनाइ छ ।

‘युरिया, डीएपी र पोटास कृषि उत्पादनका तीन मुख्य आधार मानिन्छन् । तर यिनै मल वर्षौँदेखि आयातमा निर्भर रहँदा प्रत्येक वर्ष अभाव देखिने गरेको छ । यो वर्ष त विशेष गरी भारतमा मल आपूर्ति कडाइ, अन्तर्राष्ट्रिय ढुवानी समस्या, आयात प्रक्रियामा ढिलाइ, बजेट अभाव तथा केन्द्रीय भण्डारणको कमीका कारण मल अभाव झनै चर्किएको कृषि अधिकारीहरूको बुझाइ छ ।

‘बर्दियाको एक सहकारीका कर्मचारी अनुसार, “हाम्रो सहकारीले ३०० बोरा मल माग गरेको थियो, तर ३०–४० बोरा मात्रै आएको छ। यसरी कसरी किसानलाई ठिकसँग वितरण गर्न सकिन्छ ?”

‘मल उपलब्ध नहुँदा अहिले गहुँ रोपाइँ परेको जग्गा खाली बसिरहेको छ। तराईको अधिकांश क्षेत्रमा मङ्सिर–पुस महिना हिउँदे बाली रोप्ने मुख्य समय हो। यसअघि नै ढिलो परेको रोपाइँ मल अभावले झनै ढिलो हुँदै छ ।

किसानहरूको अनुमान अनुसार समयमै मल नपाए उत्पादकत्व ३०–४० प्रतिशतसम्म घट्न सक्छ । ‘ठाकुरबाबा–७ का किसान शम्भु चौधरी भन्छन्,“अहिले मल नपाएर रोपाइँ रोकेका छौँ । गहुँ रोपिसकेपछि १५ दिनभित्र मल हाल्नुपर्छ, तर अहिलेसम्म उपलब्ध छैन । यसरी खेती गर्नु भनेको घाटै घाट हो ।”

‘किसानको समस्या झनै गम्भीर छ । तरकारी खेतीमा समयमै मल र पानी अत्यन्तै महत्त्वपूर्ण हुन्छ। मल नपाउँदा धेरै किसानले लगाएको तरकारी बाली कमजोर हुँदै गएका छन्।

बजारमा तरकारीको मूल्य बढ्ने सम्भावना पनि बढेको छ । ‘मल अभावकै बिच केही सहकारी र एग्रोभेटहरूले मल ‘लगत वितरण’ गरेको, सदस्यता नभएकालाई नदिएको, केही व्यक्तिहरूलाई बढी दिएको, तथा कतिपय ठाउँमा मनोमानी मूल्य लिएको जस्ता गुनासाहरू पनि बढिरहेका छन् ।

‘बर्दियाको किसान प्रताप थारूले भने, “सहकारीले भन्छ– सदस्य बन, अनि मल दिन्छौँ । तर सदस्यता शुल्क महँगो लिन्छ । कतै बढी रकम लिएर मनलाग्दी व्यक्तिलाई मल दिएको पनि सुनिन्छ ।’

‘यद्यपि सहकारीहरूले भने यस आरोपलाई अस्वीकार गर्दै आफूहरूलाई आएको मल अत्यन्त कम भएकाले प्राथमिकतामा वितरण गर्नै बाध्य भएको दाबी गर्छन् ।

‘स्थानीय तहका जनप्रतिनिधि र कृषि शाखाहरूले किसानलाई सम्हाल्न नसक्ने अवस्थामा पुगेका छन्। दैनिक जसो किसानले मल माग्दै कार्यालय धाउने गरेका छन् । कृषि शाखाका अनुसार, “किसानले मल मागेर दवाव दिनुभएको छ, तर हामीसँग दिने सामग्री छैन। सरकारले पठाइदिएपछि मात्रै वितरण सम्भव हुन्छ।

अहिले हामी पनि असहजमा छौँ।” ‘किसानहरूले भने समयमै योजना नबनाएको, सहकारीसँग स्पष्ट समन्वय नगरेको र मल अभाव भइरहँदा समयमा आवाज नउठाएको भन्दै स्थानीय तहलाई पनि दोष लगाएका छन् ।

‘किसानहरूलाई मल नपरेपछि कतिपयले भारततिर गएर मल ल्याउने गरेका छन् । बाँके–बर्दिया भारतसँग सीमा जोडिएको भएकाले जोखिम मोलेर भारतीय बजारबाट मल ल्याउने प्रवृत्ति बढेको किसानहरू बताउँछन् ।

‘तर यो कार्य अवैध मानिन्छ र भारतीय तथा नेपाली सुरक्षाको कडाइका कारण धेरै किसान धरपकड हुने डरले खुलेर मल ल्याउन सकिरहेका छैनन्। त्यसैले सीमाबाट ल्याइने मलले समेत अभाव घटाइरहेको छैन।

‘कृषि विज्ञहरूको चेतावनी छ कि यदि अहिल्यै राज्यले तत्काल आपत्कालीन व्यवस्था गरी पर्याप्त मल आपूर्ति नगरे बाँके–बर्दिया मात्रै होइन, समग्र तराई क्षेत्रमा खाद्य सङ्कट बढ्ने सम्भावना छ ।

‘कृषि विज्ञ बीरबहादुर केसी अनुसार,’ “हिउँदे बाली नेपालमा खाद्य सुरक्षाको मेरुदण्ड हो । यही समयमा मल नहुँदा गहुँ उत्पादन ठुलो मात्रामा घट्छ । यसलाई सामान्य सम्झनु ठुलो भूल हुनेछ ।’ ‘किसानहरू भन्छन्, ‘हामीलाई राहत चाहिएको होइन, मल चाहिएको हो ।

खेती गर्न नदिए पछि देश कसरी समृद्ध बन्छ?’ ‘बाँके–बर्दियाका किसान अहिले विकराल कार्यक्रममा छन् । मौसम अनुकूल रहे पनि मल अभावले बाली लगाउनै नसक्ने अवस्था सिर्जना हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?