ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

प्रविधिजन्य हिंसा रोक्न संवेदनशीलता आवश्यक : मन्त्री तिमिल्सिना

१६ मंसिर २०८२, मंगलवार
१६ मंसिर २०८२, मंगलवार

कपिलवस्तु, १६ मंसिर ।

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले लैङ्गिक हिंसाको स्वरुप परिवर्तन हुँदै गएको सन्दर्भमा प्रविधिका कारण हुने लैङ्गिक हिंसा प्रति संवेदनशील हुनु पर्ने बताएका छन् ।

“प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ मायादेवी गाउँपालिकाको समन्वयमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको महिला समुत्थान परियोजनाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मायादेवीको पकडीमा आयोजित अन्तक्र्रियामा बोल्दै उनले प्रविधिबाट हुने हिंसा रोक्न सचेत हुनु पर्ने बताए ।

सो अवसरमा बोल्दै मन्त्री तिमिल्सिनाले देशभरका करिब १ करोड ६० लाख नागरिक प्रविधिको पहुँचमा रहेकाले प्रविधिका कारण हुन सक्ने लैङ्गिक हिंसाको जोखिम बढ्दो अवस्थामा भएकाले सबैको सजगता आवश्यक रहकोमा उनको जोड् थियो । कपिलवस्तु जिल्लामा पनि ६५ प्रतिशत महिलाहरु हिंसामा परेको तथ्याङ्क देखिएकाले सबैले आफैंबाट हिंसा विरुद्धको अभियान थाल्नु पर्नेमा उनले जोड दिए ।

“घरेलु हिंसा र मानव बेचबिखनका घटना रोक्न हामीले समयमै ध्यान पुर्याउन नसके अझै भयावह अवस्था आउँछ । शैक्षिक रुपान्तरण बिना हिंसा न्युनीकरण हुन असम्भव हुन्छ । त्यसैले शिक्षा सुधार र सचेतना प्रवाहमा सबै पक्ष जिम्मेवार बन्न आवश्यक छ”, उनले भने ।

१६ दिने अभियानको कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकामा लैङ्गिक हिंसा न्युनीकरणका लागि अन्तक्र्रिया आयोजना गरिएको सामाजिक विकास मन्त्रालयका निमित्त प्रदेश सचिव दिवाकर भण्डारीको भनाइ थियो । कार्यक्रम मार्फत आफू आफ्नो पालिकामा लैङ्किक हिंसा रोक्ने अभियानमा प्रतिबद्ध रहेको मायादेवी गाउँपालिकाका अध्यक्ष बलिउद्दिन मुसलमानले बताए । प्रविधि प्रयोगका कारण हुने लैंगिक हिंसा रोक्न पालिकाले विद्यालयस्तरमा डिजिटल साक्षरताको सचेतना कार्यक्रमलाई प्राथमिकता दिएको उनले स्पष्ट पारे ।

प्रविधिका कारण हुने हिंसाका स्वरुप र आयामहरु बदलिएकाले सबैले हिंसा विरुद्ध ऐक्यवद्धता जनाउनु पर्ने मन्त्रालयकी बरिष्ठ महिला विकास अधिकृत एवं महिला समुत्थान परियोजनाकी व्यवस्थापक सम्झना सुवेदीले बताइन् । दिवसीय कार्यक्रमले मात्रै हिंसा रोक्ने कार्य हुन नसक्ने बताउँदै सबै तहका सरकार शैक्षिक सुधारका लागि गम्भिर हुनु पर्नेमा प्रदेशसभा सदस्य मधुसुदन शरण चौधरीले जोड दिए ।

हिंसा रोक्ने अभियान आफैंबाट सुरु गरे मात्रै सम्भव हुने लुम्बिनी प्रदेशका पुर्व मन्त्री सहसराम यादवले बताए । कुनै पनि हिंसा विरुद्ध शुन्य सहनशिलताको नीति कार्यान्वयन गर्न सबै पक्षले सहयोग गर्नु पर्नेमा प्रजिअ जनार्दन गौतमले जोड दिए । कार्यक्रममा मन्त्री तिमिल्सिना सहितका सहभागीले लैङ्किक हिंसा हुन नदिन सामूहिक रुपमा लिखित प्रतिबद्धता जनाएका थिए ।

उदघाटन कार्यक्रमपछि कार्यक्रमका सहभागीबिच लुम्बिनी प्रदेशको लैङ्गिक हिंसा, सो का कारणहरु र हिंसा रोक्न खेल्न सकिने भूमिका बारे प्रस्तुतिकरण छलफल तथा अन्तक्र्रिया गरिएको थियो । मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र यादव, वडाध्यक्ष राधवेन्द्र प्रसाद पाण्डेय, पालिकाका शिक्षा शाखा प्रमुख माधव घिमिरे, प्रहरी उपरीक्षक सन्तोष आचार्य, कालिकाका अशोक लम्सालले लैङ्किक हिंसा रोक्न सबैले भूमिका खुल्न आवश्यक रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?