Butwal Today

मधेशका मुख्यमन्त्री यादवले पत्रकार सम्मेलन राख्ने

१६ मंसिर २०८२, मंगलवार
अ+
अ-

 जनकपुरधाम, १६ मंसिर ।

सर्वोच्च अदालतको परमादेश पश्चात् २४ घण्टाभित्र विश्वासको मत नलिएका मुख्यमन्त्री सरोजकुमार यादवले पत्रकार सम्मेलन आयोजना गर्न लागेका छन् । आज साँझ ५:३० बजे मुख्यमन्त्रीको सरकारी आवासमा पत्रकार सम्मेलन राखिने भएको छ ।

विश्वासको मत लिने वा राजीनामा दिनेबारे आज दिनभर मुख्यमन्त्री यादवले पार्टीभित्र र कानुनविदहरूसँग छलफल गरेका छन् । राति ८ बजे नै इमेलमार्फत सर्वोच्चको परमादेश प्रदेशसभा मुख्यमन्त्री कार्यालयमा आइसकेको छ । आज राति ८ बजे २४ घण्टा समय समाप्त हुँदैछ ।

यदि उनले विश्वासको मत नलिए र राजीनामा समेत नगरेको खण्डमा, राति ८ बजे उनी पदमुक्त हुने छन् ।