Butwal Today

बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी

१६ मंसिर २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ ।

बजारको एक पसलमा लागेको आगो निभाउने प्रयास जारी छ । जिल्ला प्रहरी कार्यालय मार्तडीका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार दिउँसो करिब १२:२० बजेदेखि आगलागी सुरु भएको हो ।

दमकल नहुँदा आगो नियन्त्रणमा लिन समस्या परेको प्रहरीले जनाएको छ । स्थानीयबासीले प्रहरीको सहयोगमा उपलब्ध स्रोत–साधन प्रयोग गरी आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागीको कारण भने खुल्न बाँकी छ ।