ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

वनस्पतिबाट बायोचार उत्पादन तथा बनमारा व्यवस्थापनबारे मार्गदर्शन

१६ मंसिर २०८२, मंगलवार
१६ मंसिर २०८२, मंगलवार

सल्यान, १६ मंसिर । 

सल्यानमा हानिकारक मिचाहा प्रजातिका वनस्पतिबाट बायोचार उत्पादन गर्ने, जैविक मलको सम्भावना एवं जिल्लामा जारी मिचाहा वनस्पति व्यवस्थापन अपडेट सम्बन्धी मार्गदर्शन गरिएको छ ।

जिल्लाको कपुरकोट गाउँपालिकामा वनस्पति अनुसन्धान केन्द्र सल्यान तथा भूमि सेवा नेटवर्क पोखरा कास्कीका विज्ञहरुले यससम्बन्धी जानकारी एवं कार्यपत्र प्रस्तुत गरेका हुन् । भूमि सेवा नेटवर्कका अनुसार बिना अक्सिजन वा कम अक्सिजनको उपलब्धतामा अत्यधिकमा जलाएर बनेको एक किसिमको अङ्गारलाई बायोचार भनिन्छ ।

कपुरकोट गाउँपालिकाको आयोजनामा र वनस्पति अनुसन्धान केन्द्र तथा भूमि सेवा नेटवर्कको प्राविधिक सहयोगमा भएको कार्यक्रममा कपुरकोट क्षेत्रका ५४ वटा सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, जनप्रतिनिधि, वन क्षेत्रमा कार्यरत सरोकारवालाबिच विस्तृत अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा. मित्र पाठकले सल्यानमा बढ्दै गएको मिचाहा वनस्पतिको प्रभाव र यसको व्यवस्थापन सम्बन्धी अद्यावधिक जानकारी प्रस्तुत गरे ।

साथै भूमि सेवा नेटवर्क पोखराका व्यवस्थापक मदन पौडेलले मिचाहा वनस्पतिबाट बायोचार तथा जैविक मल उत्पादन गर्ने विधि र यसको कृषिमा उपयोगिताबारे विस्तृत कार्यपत्र प्रस्तुत गरे । उनका अनुसार कृषकहरूले बायोचार बनाइ खेतिबालीमा प्रयोग गर्दा उत्पादकत्व बढ्ने र यसले माटोको भौतिक, रासायनिक तथा जैविक गुणस्तरमा समेत सुधार ल्याउँछ ।

बायोचार बनाउँदा वनस्पतिमा रहेको वनको थोरै मात्रा कार्वनडाइअक्साइडको रूपमा उडेर जाने र अधिकांश कार्बन ९० प्रतिशत भन्दा बढी बायोचारमा सुरक्षित हुने भएकाले पृथ्वीबाट वायुमण्डलमा जाने र्कार्बनडाइअक्साइडको मात्रा कम हुने पौडेलको भनाई छ ।

बायोचार उत्पादन विधि, जैविक मल, बायो–ब्रिगेडको सम्भावना तथा सल्यानमा जारी मिचाहा वनस्पति व्यवस्थापन अपडेट विषयक सोमबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष दुर्गा पुन, उपाध्यक्ष प्रकाश भण्डारी, प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल, सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय प्रतिनिधि घनश्याम शर्मा, महासङ्घका जिल्ला तथा स्थानीय तहका प्रतिनिधि, सब डिभिजन वन कार्यालयका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

सामुदायिक वन समूहहरूलाई मिचाहा वनस्पति नियन्त्रण, जैविक मल तथा बायोचार प्रयोग, तथा वातावरणमैत्री व्यवस्थापनका प्रविधिमार्फत वन तथा कृषि क्षेत्र सुदृढ गर्न सकिने सम्भावनाबारे स्पष्ट मार्गदर्शन प्रदान गर्नका लागि यस प्रकारको कार्यक्रम आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?