ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

हिंसापछिको दुष्प्रभाव खोजीमा ढिलाइ 

१५ मंसिर २०८२, सोमबार
१५ मंसिर २०८२, सोमबार

नेपालमा लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ ।

अभियान चलिरहँदा पर्दा पछाडी भएका महिला हिंसाका अनेक आयाम उद्घाटित भइरहेका छन् । महिलाहरू हिंसामा पर्दा उनीहरू निः सन्तान हुने तथा बाँझोपनको समस्या बढिरहेको देखिएको छ ।

महिलामाथि मानसिक तनाव बढ्दा उनीहरूमा निःसन्तानको इच्छा जाग्ने तथा हिंसाका कारण हुने चोटपटकले गर्भपतनका साथै बाँझोपनको समस्या बढिरहेको चिकित्सकहरूले बताएका छन् ।

महिला हिंसा विरुद्धको अभियान चलिरहेको यो बेला महिलामाथि हुने हिंसाले पार्ने दूरगामी दुष्प्रभावको विषयमा पनि अव गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ । त्यसै पनि पछिल्लो समय महिलाहरूमा निःसन्तान हुने समस्या बढ्दै गएको पाइएको छ । महिलाहरूमा बाँझोपनको समस्या यिनी कारण बढिरहेको छ । यो चिन्ताको विषय हो ।

त्यसो त प्रजनन क्षमतामा कमी आउने धेरै कारण छन् । धेरै मानिसमा आहारविहारका अतिरिक्त विवाह ढिला गर्ने र सन्तान जन्माउने कामलाई प्राथमिकता नदिई आफू आर्थिकरूपमा सक्षम भएपछि मात्र बच्चा जन्माउँछु भन्ने सोँचले पनि पछिल्लो समय धेरै दम्पती सन्तानविहीन बन्दै गएको अवस्था देखिएको छ ।

खानपिनमा ध्यान नदिने, कामको चाप बढी हुँदा पर्याप्त निद्रा नपाउने र आजकाल धेरै दम्पती पहिला व्यक्तित्व विकास गर्ने चिन्ताले उमेरमै सन्तान जन्माउनेबारे नसोच्दा प्रजनन क्षमतामा क्रमिकरूपमा कमी हुन थालेको देखिएको छ ।

चिकित्सकहरूले नेपालमा निःसन्तान पुरुषका बारेमा कम अध्ययन गरिएको कारण महिलामा बढी समस्या भएको जस्तो देखिएको बताउँदै पुरुषहरूमा पनि निसन्तान हुने समस्या बढ्दै गएको तथ्य औँल्याएका छन् ।

यसले महिला मात्रै होइन पुरुषमा पनि विभिन्न कारण निसन्तान हुने समस्याको बोझ देखिएको छ । महिलाको समस्यामध्ये करिब ४० प्रतिशतमा डिम्बाशयको फोके रोग अथवा पोलिसिस्टिक रोगका कारण निःसन्तानको समस्याले पीडित रहेको अनुसन्धानले पुष्टि गरेको छ । अर्कोतर्फ हिंसा दोस्रो कारण रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

चिकित्सकहरूले गर्भावस्थाका महिलाहरूमा पोषणको कमी जस्ता कारण पनि समस्या उत्पन्न भइरहेको देखिएकोले स्वयं दम्पत्तिहरूले समेत यो विषयमा गम्भीर हुनु जरुरी रहेको औँल्याएका छन् ।

चिकित्सा विधिमा सन्तान रोक्न विभिन्न खालका औषधिको व्यवस्था भएजस्तै निःसन्तानका लागि पनि औषधिको व्यवस्था भए त्यो धेरै प्रभावकारी हुने देखिन्छ । तर, त्यो भन्दा अघि निसन्तान हुने अवस्था किन आउँछ भन्ने विषयमा पनि गहन शोध र छलफल आवश्यक छ ।

चिकित्सकहरूले महिलामाथि हुने हिंसाले महिलाको प्रजनन क्षमता कमजोर गरिरहेको र उनीहरूमा हुने मानसिक तनावले समेत गर्भपतन, निसन्तान तथा बाँझोपनको समस्या देखिएको भन्दै सम्बद्ध पक्ष यस विषयमा सचेत हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।

तसर्थ आगामी दिनमा यो चिन्ताको विषय सम्वोधन गर्नेतर्फ व्यक्ति, परिवार, समाज र सिंगो सरकारको गंभीररूपमा ध्यान जानु जरुरी छ । जबसम्म बाँझोपन र निःसन्तानको समस्या आउनुको कारण र त्यसको न्यूनिकरणका लागि समाधानको तदारुकता हुँदैन तबसम्म हिंसा विरुद्धका अभियान चलाएरमात्रै हुँदैन ।

अतः देशा जारी महिलामाथिको हिंसा नियन्त्रणमा सरकारको ध्यान जानु आवश्यक छ । महिलामाथिको हिंसा किन बढिरहेको छ भन्ने सवालमा त्यसको कारण खोज्नेतर्फ अवको दिनमा पहल आवश्यक छ ।

क्यान्सर, मुटु, मिर्गौला जस्ता भयावह रोगले मृत्यु निम्त्याएजस्तै यो समस्याले मृत्यु होइन कि नेपालकै जनसङ्ख्यामा असन्तुलनको अवस्था ल्याउनेतर्फ विज्ञहरूले खतरा देखिरहेका छन् ।

त्यसकारण अहिलेको मात्रै होइन, यसको असर आगामी एकसय बर्षसम्म देखिन सक्नेछ । अवको दिनमा सरकारमात्रै होइन, सम्बद्ध सरोकारवाला पक्षले चासो र चिन्ता लिएर समस्या न्यूनिकरणमा पहल लिन अवको दिनमा ढिलाइ गर्नु हुँदैन ।

खासगरि महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा केवल हिंसाको कुरामात्रै होइन, हिंसाकै कारण उत्पन्न दूरगामी प्रभाव र असरको बारेमा समेत चासो दिनु आवश्यक भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?