© २०२३
बलिउड अभिनेता शाहरुख खनको कलेजको मार्कसिट यतिबेला सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा भाइरल भइरहेको छ ।
नवभारत टाइम्सका अनुसार भाइरल तस्बिर हंसराज कलेजको हो, जहाँ शाहरुख खनले सन् १९८५ देखि १९८८ को बीचमा अर्थशास्त्र विषयमा स्नातक अध्ययन पूरा गरेका थिए ।
भाइरल मार्कसिटअनुसार, उनले ऐच्छिक विषयमा सर्वाधिक ९२ अंक हासिल गरेका थिए । अंग्रेजीमा ५१ अंक, गणित र भौतिकशास्त्रमा ७८ अंक प्राप्त भएको उल्लेख छ ।
उनको कलेजको मार्कसिटले प्रशंसकहरूलाई पुराना दिनको सम्झना गराएको छ । एक समय उनी उत्कृष्ट विद्यार्थी पनि थिए भन्ने विषयमा सामाजिक सञ्जालमा चर्चा चलीरहेको छ ।
स्नातक अध्ययनपछि शाहरुख खन जामिया मिलिया इस्लामियामा स्नातकोत्तर कार्यक्रममा भर्ना भएका थिए । तर, भाग्यले उनलाई मनोरञ्जन जगततर्फ डोर्याइएको थियो । विश्वविद्यालयका विद्यार्थीबाट उनी टेलिभिजन अभिनेता हुँदै अन्ततः बलिउडका सबैभन्दा चर्चित स्टारमध्ये एक बने ।
यसैबीच शाहरुख खन आफ्नी छोरी सुहाना खन र अभिषेक बच्चनसँग स्क्रीन सेयर गर्ने आगामी फिल्म ‘किङ’को तयारीमा व्यस्त रहेका छन् ।
