© २०२३
काठमान्डौ, १५ मंसिर ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ । पार्टीले सार्वजनिक गरेको संरचनाअनुसार अध्यक्ष परिषद्मा ओजस्वी भट्टराई, दुर्गा सोव, सन्तोष परियार, सुदन किराती र सुरेन्द्र प्रसाद जयसवाल रहनेछन् ।
पार्टीले सोमबार जारी गरेको विवरणअनुसार परिषद्का बाहेक बाँकी सबैलाई केन्द्रीय कमिटी सदस्य तोकिएको छ । मंसिर ७ गते औपचारिक रूपमा घोषणा भएको उक्त पार्टीको केन्द्रीय कमिटीमा संरक्षकको भूमिकामा रहेका पूर्वमन्त्री जनार्दन शर्माको नाम पनि समावेश गरिएको छ ।
यसअघि ओम शर्मा, राजकुमार शर्मा, रजमान तामाङ, जन्मदेव जैसी तथा मानुषि यमि भट्टराईलगायतका नेताहरूको पनि नाम केन्द्रीय कमिटी सदस्यको रूपमा उल्लेख गरिएको छ ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नाम भने कमिटीमा नरहेको पार्टीले जनाएको छ । उनी पार्टीमा संरक्षकको भूमिका निर्वाह गर्ने बताइएको छ ।






