© २०२३
काठमान्डौ, १५ मंसिर ।
चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा नेपाल राष्ट्र बैंकले लघु वित्त संस्थाहरूबाट प्रवाह हुने धितो कर्जाको सीमा वृद्धि गर्ने निर्णय गरेको छ ।
राष्ट्र बैंकले आज सार्वजनिक गरेको समीक्षा अनुसार, लघुवित्त वित्तीय संस्थाबाट धितोमा उपलब्ध गराइने कर्जाको अधिकतम सीमा ७ लाख रुपैयाँबाट वृद्धि गरी १५ लाख रुपैयाँ पुर्याइने व्यवस्था गरिएको छ ।
साथै, राष्ट्र बैंकले लघुवित्त ऋणीहरूको कर्जा भुक्तानीमा देखिएको समस्या ध्यानमा राख्दै कर्जा भुक्तानी तालिका परिमार्जन गर्न सकिने व्यवस्था पनि नीति दस्तावेजमा समावेश गरेको छ ।
यस कदमले लघुवित्त क्षेत्रमा कर्जा पहुँच विस्तार गर्ने र ऋणीहरूको भुक्तानी व्यवस्थापनलाई सहज बनाउने अपेक्षा गरिएको छ ।