© २०२३
बुटवल, १५ मङ्सिर ।
सामाजिक क्षेत्रमा अग्रसर रोटरी ई क्लब अफ मेडिकोफयुजन हाइब्रिड नेपालले उजेलपुरस्थित लुम्बिनी अपाङ्ग दृष्टिबिहिन अनाथ आश्रममा निःशुल्क स्वास्थ्य शिविर तथा खाद्यान्न हस्तान्तरण कार्यक्रम गरेको छ ।
आश्रममा आश्रितहरूको चाहना अनुसार दैनिक उपयोगी सामग्रीहरू २ थान ह्वीलचेयर, २ थान वाकर, ७ पिस सेतो छडी, १६ थान प्लास्टिक कुर्सी, १२ थान कम्बल, २ थान ग्यासका साथै खाद्यान्न सामग्री र खाजाबापत नगद रु १०, ००५ रुपैयाँ, सहयोग गरेको हो ।
श्री कृष्ण नेत्रालयको सहयोग निःशुल्क आँखा, ईएनटी जाँच गरिएको कार्यक्रम संयोजक डा. सन्तोष पोखरेलले बताए । चिसोका कारण आश्रमका बालबालिकाहरूमा नाक कान र घाटीका समस्या देखिएको उपचारमा संलग्न चिकित्सकको भनाई छ ।
क्लबको वार्षिक कार्य योजना अनुसार यो वर्ष आश्रममा न्यानो लुगा, औषधि र प्राथमिक उपचार किट समेत हस्तान्तरण गरिएको क्लबका अध्यक्ष डा. मञ्जु गुभाजुले बताए ।
