ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

सिक्ने र सिकाउने मार्गबाट जीवन बदल्नेहरू

१५ मंसिर २०८२, सोमबार
१५ मंसिर २०८२, सोमबार

हरेक मानिसलाई जीवनमा केही न केही सिक्नुपर्ने हुन्छ ।

अर्थात जन्म पाएर जानकारी राख्न लागेदेखि सिक्न आरम्भ गरिन्छ र नमरुन्जेल अर्थात अन्तिम अवस्थामा जतिवेलासम्म होसमा भइन्छ त्यतिवेलासम्म सिक्नुपर्ने हुन्छ । कसै कसैले “म त अव डाँडाको जुन जस्तै हो कतिवेला के हुन्छ थाहा छैन, यस्तो अवस्थामा के सिक्नु र ?” भनेर भनेको सुनिन्छ ।

यो भनाइ यहाँलाई कस्तो लाग्छ ? के उमेर ढल्किएपछि सिक्न नपर्ने वा सिक्न नसक्ने वा सिक्न नसकिने के हुन्छ ? ज्येष्ठहरूले सिक्न नपर्ने कुरा के होला ? कुन चिज सिक्दा घाटा वा नाफा के हुनसक्छ ? यस्ता प्रश्नहरू प्रसस्त छन् ।

वास्तवमा यस्ता प्रश्नको उत्तर हरेकले हरेक समयमा खोज्नुपर्छ । गम्भिर रूपमा यस्ता प्रश्नलाई लिने हो भने सहज उत्तर आफै आउने छ । सिक्नु आफैमा ज्ञान आर्जन गर्नु हो । ज्ञानबाट सीपको विकास हुन्छ ।

जति सीपको विकास हुन्छ जीवन जिउने कला उति सहज हुन्छ । बालक उमेरमा सिक्ने वा युवावस्थामा सिक्ने कुरा जस्तै प्रौढ वा जेष्ठ उमेरमा पनि सिक्न सकिन्छ र सिक्नु पर्दछ । के सिक्ने र कति सिक्ने भन्ने एउटा प्रश्न आउँछ ।

यसको सिमा नै हुँदैन । सिक्नका लागि हरसमय अवसर चाहिन्छ हो त्यो हो मनको चाहना । अवसर जुरेको सयमयमा सिक्ने कुरामा कुनै कञ्जुस्याँई गर्नु हुँदैन । जसले सिक्ने कुरामा कञ्जुस्याई ग¥यो त्यही मानिस जीवनमा पछाडि पर्न जान्छ ।

नेपालीमा एउटा उखान छ –“धानको कट्करी (पोपटो) अगाडि सर्छ, मानिसको कट्करी पछाडि सर्छ ।” धानको जुन गेडामा चामलको दाना हुँदैन धान ओसाउँदा त्यो सबैभन्दा अगाडि उडछ ।

जुन गेडामा चामलको मात्रा हुन्छ त्यो गह्रौं हुन्छ अनि नजिमा रहन्छ । त्यस्तै केही सिक्ने मानिससंग गिदी हुन्छ । आफ्नो गिदी परिचालन गरेर केही सिक्ने प्रयास गर्छ त्यो अगाडि जान्छ जसले सिक्ने प्रयार गर्दैन, त्यो त्यही धानको पोपटो जस्तै बेग्लै ठाउँमा सर्दैजान्छ ।

यसबाट थाहा हुन्छ कि धानको गेडा अगाडि जानु र मानिसको केटा पछाडि सर्नुमा कति भिन्नता छ भन्ने कुरा ? यो त समान कुरा हो । गुदी नभएको धानको गेडो अगाडि जानु र गिदी नभएको केटो पछाडि सर्नु समान कुरा हो ।

हरेक ठाउँमा आफुलाई अगाडि सार्ने र केही सिक्नेहरूले जीवनमा केही गर्न सक्दछन् । जसले सिक्ने चेष्टा गर्दैनन् उनीहरू सबै उमारशक्ति नभएका धानका पोपटाहरू हुन् । उमारशक्ति किन भनिएको हो भने जस्तो पोपटो (कट्करी) धानमा उमारशक्ति हुँदैन । यसबाट धानको नयाँ विरुवा उम्रन सक्दैन ।

यस्तै सिक्न नचाहने व्यक्ति पनि त्यही धानको पोपटो जस्तै उमारशक्ति नभए सरह हुन्छ । जीवनमा केही देख्न, जान्न र बुझ्नका लागि हरक्षण केही न केही सिक्ने प्रयास गरिरहनु पर्दछ । ज्ञान आर्जन गरेर कहिल्यै सकिदैन ।

जस्तो भनियो जन्म पाएर मृत्यु शैयामा छटपटाउँदासम्म पनि सिक्ने कुरामा पछाडि सर्नु हुँदैन । हाम्रा आदर्श पुरुष जसलाई पुरुषोत्तम वा मर्यादा पुरुष रामचन्द्र भन्ने गरिन्छ । कसैले त भगवान राम समेत भन्ने गर्दछन् ।

उनले पनि गुरुका आश्रममा पुगेर शिक्षा आर्जन गरेका थिए । यस्तै भगवान कृष्णले पनि गुरुकै आश्रममा पुगेर शिक्षा आर्जन गरेको कुरा सुन्न र पढन पाइन्छ । यो मात्र होइन हामीले जति ऋषि महर्षिहरूका नाम सुनेका छौं कतिले गुरुको सानिध्यमा रहेर शिक्षा आर्जन गरेका थिए भने कतिले आफू ध्यानमा बसेर गुरुको आरधना गरेर शिक्षा (ज्ञान) आर्जन गरेको थिए ।

यसै सन्दर्भमा भन्नु पर्दछ सिद्धार्थ गौतमले स्वाध्यायन र ध्यानबाट ज्ञान आर्जन गरेका थिए । राम, कृष्ण वा बुद्धले हामीले अव सिक्नु हुँदैन भनेर कहिल्यै भनेनन् । सधै सिक्ने र सिकाउने काम कुरामा तल्लीन रहे ।

यो हो– जीवनको एउटा सार्थकता । उनीहरूले आफूलाई सधै सिक्ने र सिकाउने मार्गमा अगाडि बढाइरहेकाले उनीहरू सधै आदर्शका नमूना बन्न सफल भए ।

हामी आदर्श पुरुष रामको जस्तै सबै आचरण पालन गर्न नसकौंला तर केही आचरण त अवश्य पनि पालन गर्न सक्छौं । कृष्णको जस्तै चमत्कार गर्न नसके पनि उनको जुन गति थियो त्यसबाट शिक्षा लिएर केही प्रतिशत मार्ग खोल्न सक्छौं होला ।

यस्तै वुद्धको जस्तै ज्ञान हामीमा नआउला तर हामीले आफूलाई त्यसतर्फ लिन गराउने हो भने उनको आचरणका केही कुरा सिक्न सक्छौं होला । गान्धीको राष्ट्रवाद विश्वमा चर्चित छ । यसलाई अंगिकार गर्न कुनै रकम खर्च गर्नु पर्दैन ।

सुकरातको आदर्शता सबै पालना गर्न गाह्रो लाग्ला तर सत्य के हो भन्ने विषयमा थोरै भए पनि घोत्लिन त सकिन्छ होला । आज विश्वका कैयौं मानिसहरू यस्तै महान व्यक्तित्वको जीवनबाट प्रभावित भएर आफूलाई बदल्न सफल भएका छन् ।

जीवन वदल्न जान्नेहरू नै उचाइमा पुग्दा रहेछन् । उनीहरूले सिक्ने कुरालाई जति उचाइमा लैजान सके त्यति उचाइमा आफूलाई लैजान नसके पनि केही प्रतिशत सिक्न भने अवश्य सकिन्छ भन्ने लाग्दछ ।

जीवनभर इमान्दार भएर बाँच्न सक्नु पनि एउटा राम्रो शिक्षा आर्जन गरेको जस्तै हो । मनमा ज्ञान सञ्चार नभएर मानिसले इमान्दारिता प्रदर्शन गर्न सक्दै सक्दैन । इमान्दारिता र मर्यादा जीवनका अमूल्य गहना हुन् ।

इमान्दारिता, मर्यादा र लगनशीलता भएकाहरूले अरू कुनै गहना लगाउन आवश्यक हुँदैन, आफैमा सुन्दर देखिन्छन् । मर्यादा भित्र धेरै कुरा लुकेका हुन्छन् । आफू आचरणमा रहेर अरूलाई प्रभाव पर्ने कुरा अरूको तुलनामा राम्रो ज्ञान हो भन्ने लाग्दछ ।

मैले कोही कसैको कुनै वस्तु अनावश्यक रूपमा ग्रहण गर्नु हुँदैन । जीवनमा आफ्नो चोखो कमाइदेखि बाहेक अरू कसैको केही लिन हुँदैन भन्ने ज्ञान हुनु भनेको एक प्रकारको सच्चा आचरण हो ।

सच्चा आचरणमा रहन सक्नु चानचुने कुरा होइन । यसका लागि मनमा थोरै भए पनि चिन्तन गर्ने वानीको विकास गर्नुपर्दछ । सिक्ने कुरा कहिल्यै समाप्त हुँदैन । सिकाइले इमान्दारिताको मार्गमा लिएर जान्छ ।

हरेकका नजरमा इमान्दार भएर उभिन पाउनु पनि जीवनको सफलता हो । सिक्नका लागि गुरु चाहिन्छ तर मनमा ज्ञानको गंगा बगाउन सक्नेहरू बाहिर भौंतारिनु पर्दैन । आफ्नो मनको ज्ञानको गंगाले आफै शितलता प्रदान गर्दछ ।

त्यही शितलताले अरूलाई प्रभावित बनाउँछ । सिक्नका लागि हाम्रो प्रकृति, परिवार वा समाज पनि प्रयाप्त छ । यिनीहरू पनि सिक्नका लागि ठूला पुस्तकालय हुन् ।

हामी बाह्य ज्ञानका निम्ति पुस्तकालय जाने गर्दछौं यसबाट पनि एक प्रकारको ज्ञान आर्जन त हुन्छ तर प्रकृति, परिवार र समाज इमान्दारित,मर्यादा र लगनशीलत सिक्नका लागि पुस्तकालय भन्दा ठूला भण्डार हुन् ।

आफ्नो मनमा ज्ञान नभएर पुस्तकका जतिसुकै ठूला ठेली अध्ययन गरे पनि त्यसले मनमा उत्साह थप्न सक्दैन । मनमा उत्साह नथपिएसम्म सिक्ने कुरामा चासो जाग्दैन । चासो जगाउने बुटी नै आफ्नै मनलाई उर्जावान बनाउनु हो ।

यही उर्जाले सिक्ने शक्ति बढाउँछ । यसै शक्तिले जीवन सार्थक बनाउन सक्छ । जन्मिएर मात्र जीवन सार्थक हुँदैन ।

जन्म त प्रकृतिको एउटा नियम हो । जन्मनु भनेको अपुताली थाम्नका लागिमात्र होइन । सार्थक जीवन बाँच्नका लागि हो । चेतना भया ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?